पोखरामा प्याराग्लाइडिङ खस्यो, एक विदेशीको मृत्यु !
कास्की–पोखरा उपमहानगरपालिका–२६ स्थित गोदारीमा प्याराग्लाईडिङ खस्दा गम्भीर घाईते भएका एक विदेशीको मृत्यु भएको छ ।
आइतबार सराङकोटबाट उडेको प्याराग्लाइडिङ खस्दा बिट्रिस नागरिक ६८ वर्षीय मिसेल पीटर प्लामच्याप्डको टाउकोमा चोट लागेको थियो । पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच झापाको भद्रपुर नगरपालिका–२ करेला चोक बस्ने ४५ बर्षीया पालमाया लिम्बुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आइतबार घरदेखि १ कि.मि. पश्चिममा रहेको मायालु बनमा दाउरा खोज्न गएको अवस्थामा घर फर्की नआएपछि स्थानीय बासिन्दाले खोजतलास गर्दा जंगल भित्र उनलाई हात्तीले आक्रमण गरी मृत्यु भएको अवस्थामा फेला पारिएको थियो । उनीसंगै जंगलमा दाउरा खोज्न गएकी १३ बर्षीया शर्मिला लिम्बुको अवस्था अज्ञात रहेको बताईएको छ ।
यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका–११ जोर सखुवा बस्ने १६ बर्षीय रंजित बि.क.लाई प्रहरीले नियन्त्रित लागूऔषध एभिल १२ एम्पुल, लुपिजेसिक १२ एम्पुल र डाईजेल्याप १२ एम्पुल सहित पक्राउ गरेको छ ।
बिराटनगर उपमहानगरपालिका–२१ स्थित बिराटनगर भन्सार कार्यालयको १ नम्वर ढाट अगाडी लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आइतबार उनलाई चेकजाँच गर्दा उक्त नियन्त्रित लागूऔषध बरामद गरेको हो ।

0 comments
Write Down Your Responses