कुलमान र एसएसपी सर्वेन्द्र खनालको पहलमा विद्युत चोरी गरि लोडसेडिङ गराउने १६ जना प्राधिकरणका कर्मचारीहरु पक्राउ !
नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ बहाल भए देखि विद्युत चोरी गरेर लोडसेडि गराउनेसलाई समुह बिरुद्ध लागेको सबैलाई थाहा नै छ । कुलमानले यसलाई नियन्त्रण गर्ने कोशिस गर्दै छन् । यसलाई निरन्तरता दिन नेपाल प्रहरीसंग मिलेर विद्युत चोरी गरेर लोडसेडिङ १६ जनालाई पक्राउ गरि आज सार्बजनिक पनि गरेको छ । कुलमानको यो अभियानलाई साथ दिएका छन् महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ।
प्रहरीले विद्युत चोरी गरेर लोडसेडिङ गराउन सक्रिय गिरोहलाई आइतबार सार्वजनिक गरेको छ । विगत लामो समयदेखि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरी जिल्लामा विद्युत चोरी कार्यमा संलग्न गिरोहमा संलग्न १६ जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।
लोडसेडिङलाई मलजल गर्ने र घुस लिएर उद्योगहरूलाई बिजुली दिएको थाहा पायौं,’ महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, ‘त्यही अभियोगमा उनीहरूलाई पक्राउ गरेका हौं।’ दस वर्षदेखि मिटर बिगारेर राज्यलाई अर्बौं रकम घाटा पारेको देखिएकाले ठगी मुद्दा दायर गर्न लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेका थिए। उनीहरूले १० वर्षभन्दा बढी समयदेखि पानी कारखाना, कपास कारखाना, चक्लेट कारखाना, बिस्कुट कारखाना लगायत उद्योग र राजधानीका मिठाइ पसलको मिटर बिगारेर मासिक रूपमा रकम उठाइरहेको प्रहरीले जनाएको छ। हेटौंडा कार्यालयका कर्मचारी प्रधानले हेटौंडाको हटियामा सिभम् सिमेन्टको मिटर बिगारेर मासिक रूपमा रकम उठाएको आरोप छ। उनीहरूले गौशालामा रहेको रामेश्वरम स्विट, बेजान मिष्ठान भण्डार, जोरपाटीस्थित लिक्वेन्स वाटर कारखानामा पनि मिटर बिगारेर रकम असुली गरेको भेटिएको छ।
यी हुन् १६ आरोपित
मुख्य प्राविधिकहरू
१.नाम: सुमन श्रेष्ठ
उमेर: ५० वर्ष
ठेगाना: का.जि.का.म.न.पा.वडा नं.२८
पेशा: नेपाल विद्युत प्राधिकरण, बालाजुको सुपर भाईजर
२.नाम: टहल बहादुर कार्की
उमेर: ५६ वर्ष
ठेगाना: जि.रामेछाप, ठोसे गा.वि.स.वडा नं.९
हाल: का.जि.का.म.न.पा.वडा नं.३४
पेशा: नेपाल विद्युत प्राधिकरणको पूर्व मेन्टिनेन्स
मिटर रिडरहरू:
३.नाम: महादेव प्रधान
उमेर: ५१ वर्ष
ठेगाना: जि.सर्लाही, हरिपुर(९
हाल: जि.मकवानपुर, हटौडा
पेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, हेटौडा वितरण केन्द्र)
४.नाम: अच्युत खड्का
उमेर: ३९ वर्ष
ठेगाना: जि.सिन्धुपाल्चोक, सुनखानी गा.वि.स.वडा नं.२
हाल: का.जि.का.म.न.पा.वडा नं.३५ जडिवुटी
पेशा: ईलेक्ट्रिसियन (नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय, बानेश्वर)
५.नाम: दिल बहादुर साउद
उमेर: ५१ वर्ष
ठेगाना: जि.अछाम, भट्टाकाटिया गा.वि.स.वडा नं.५
हाल: का.जि.का.म.न.पा.वडा नं.३५ कोटेश्वर
पेशा: बरिष्ठ सहायक (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)
६.नाम: ओम ढुंगाना
उमेर: ४८ वर्ष
ठेगाना: जि.नुवाकोट, चारघरे गा.वि.स.वडा नं.३
हाल: का.जि.नागार्जुन न.पा.वडा नं.२ रानीवन
पेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)
७. नाम: श्याम बस्नेत
उमेर: ५० वर्ष
ठेगाना: जि.रामेछाप, सालुपाटी गा.वि.स.वडा नं.३
हाल: का.जि.का.म.न.पा.वडा नं.३४ शंखमुल
पेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)
८. नाम: प्रदिप शर्मा
उमेर: ४६ वर्ष
ठेगाना: का.जि.नागार्जुन न.पा.वडा नं.१ रानीवन
पेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)
९. नाम: सूर्य बहादुर थापा
उमेर: ३९ वर्ष
ठेगाना: जि.दाङ्ग, फूलवारी गा.वि.स.वडा नं.५
हाल: जि.ललितपुर, ईमाडोल
पेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, लगनखेल)
१०.नाम: ठाकुर महर्जन
उमेर: ४४ वर्ष
ठेगाना: का.जि.का.म.न.पा.वडा नं.३४ बानेश्वर
पेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)
११. नाम: मनिज श्रेष्ठ
उमेर: ४९ वर्ष
ठेगाना: का.जि.का.म.न.पा.वडा नं.१०
पेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)
१२.नाम: भगवान पाण्डे
उमेर: ५४ वर्ष
ठेगाना: जि.भक्तपुर, नगरकोट न.पा.वडा नं.६
पेशा: नेपाल विद्युत प्राधिकरण, भक्तपुरको पूर्व सुपर भाईजर
उद्योग कलकारखानाका संचालकहरू:
१३. नाम: कुमार लामा
उमेर: ३२ वर्ष
ठेगाना: का.जि.गोकर्णेश्वर न.पा.वडा नं.१३
पेशा: पानी फ्याक्ट्री (मञ्जुश्री खानेपानी)
१४.नाम: तपन घोस
उमेर: ५१ वर्ष
ठेगाना: हाउडा जिल्ला उदयनारायणपुर थाना, भारत
हाल: का.जि.गौशाला
पेशा: मिठाई पसल संचालक
१५.नाम: परवेज आलम
उमेर: ४६ वर्ष
ठेगाना: मोतिहारी जिल्ला, पूर्वि चम्पारण भारत
हाल: का.जि.नक्साल
पेशा: कपास व्यापारी
१६. नाम: रमेश चुँडाल
उमेर: ३८ वर्ष
ठेगाना: जि.मोरङ, कोशिहैरचा न.पा. वडा नं.१२
हाल: का.जि.अनामनगर
पेशा: रामेश्वर मिठाई पसल संचालक
अपराध अनुशन्धान विभागको बिज्ञप्ति !


0 comments
Write Down Your Responses