केपी ओलीका पर्यटन मन्त्रीको छोरा आफ्नै बाउलाई धम्क्याए पछि यसरी प्रहरी खोरमा !
काठमाडौं–पुर्वमन्त्री कृपाशुर शेर्पाको छोरा गणेश शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरिय प्रहरी परिसर काठमाडाैँका एसपी प्रधुम्न कार्कीका अनुसार गौशालाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ उनलाई गौरिघाट क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
नेकपा एमालेका नेता तथा पुर्व संस्कृती पर्यटन तथा नागरीक उड्ययनमन्त्री कृपाशुरको छोरा दावी गर्दै आएका गणेशलाई ब्यक्ति धम्क्याएको आरोपमा पक्राउ गरेको बताईएको छ ।
प्रहरी स्रोतका अनुसार गणेशले पुर्वमन्त्री शेर्पालाई धम्कि दिएका थिए । गणेश र कृपाशुरको बिचमा नागरिकता तथा अंशबन्डा बिवाद छ ।
भोजपुर क्षेत्र नं १ बाट निर्वाचित सांसद कृपाशुर शेर्पा २०७२ जेठमा पर्यटनमन्त्री भएका थिए ।

0 comments
Write Down Your Responses