कुलमानको घोषणा-अबदेखि पोखरा पनि लोडसेडिङमुक्त, पूर्वाञ्चललार्इ नै उज्यालो बनाउने तयारी !


काठमाडौँ, १९ पुस । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पर्यटकीय नगर पोखरालाई लोडसेडिङमुक्त शहर घोषणा गरेका छन् । काठमाडौँ उपत्यकालाई लोडसेडिङमुक्त बनाएका उनले पोखरामा पनि लोडसेडिङ नगर्ने घोषणा गरेका हुन् ।

पोखरालाई लोडसेडिङमुक्त बनाउने अभियानमा आफू केही दिनअघिदेखि जुटेको बताउँदै उनले १५ दिनदेखि पोखरालाई लोडसेडिङमुक्त बनाएको बताए । पोखरा अब लोडसेडिङमुक्त शहर भएको र त्यहाँ लोडसेडिङ तालिका नआउने उनको दावी थियो ।

पूर्वका सबै जिल्लालाई लोडसेडिङमुक्त बनाउन आफू लागिरहेको जानकारी दिँदै उद्योग वाणिज्य महासंघले गरेको अन्तरक्रियाा उनले भने, ‘अब छिट्टै पूर्वाञ्चल पनि लोडसेडिङ मुक्त बनाउने योजना छ, त्यो योजनाले केही दिनमै मूर्त रुप लिनेमा म विश्वस्त छु’
उनले काठमाडौँ, पोखरा लगायतका केही जिल्लामा अब लोडसेडिङ तालिका नल्याउने बाचा गरेका छन् ।

,

0 comments

Write Down Your Responses