रातो नम्बर बाट फोन आयो भनेर हल्ला फलाउने गायिका यसरी पक्राउ !


काठमाडौं – गायिका प्रशन्ना पाण्डे एनसेलबाट आउने रातो नम्बरको फोनको अफवाह फैलाएको आरोपमा पक्राउ परेकी छन् । एनसेलको नम्बरबाट आउने रातो नम्बरको इन्कमीङ कल उठाए ज्याननै जाने अफवाह केही दिन यता सामाजिक सञ्जालमा निकै फैलिरहेको छ ।
गाँजलु आँखा देखेर भुतुक्कै बोलको गीत गाएकी उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
रातो नम्बरको अफवाह व्यापक भाइरल भएर आतंक श्रृजना भएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा फोटोसपबाट रातो नम्बरबाट फोन आएको बनाएर सामाजिक सञ्जालमा भाइरल बनाइएको थाहा हुन गएको थियो ।

,

0 comments

Write Down Your Responses