प्रचण्ड पुत्र प्रकाश आक्रामक हुदै भने बिना ल्याए पनि श्रीजना र छोरालाई अन्याय गर्दिन !


काठमाण्डु, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिवसमेत रहेका छोरा प्रकाश दाहालले आफू अघिल्ली श्रीमती सृजना त्रिपाठीलाई अन्याय गर्ने पक्षमा नरहेको बताएका छन् ।

प्रकाशले सिर्जनालाई के गर्दा न्याय हुन्छ, त्यो गर्न आफू तयार रहेको बताए । उनले सिर्जना हुँदाहुँदै विद्यार्थी नेतृ बिना मगरसँग विवाह गरेर प्राविधिक रुपमा गल्ती गरेको यसअघि नै सार्वजनिक रुपमा स्वीकार गरिसकेको भन्दै समस्या समाधानका लागि तयार रहेको उल्लेख गरेका छन् ।

‘विगतमा मेरो तर्फबाट प्राविधिक कमजोरी भएको हो, जुन कुरा सार्वजनिक रुपमै स्वीकार गरिसकेको छु । मेरो प्रष्ट मत छ, कोही पनि अन्यायमा पर्नु हुँदैन’, जनआस्था साप्ताहिकलाई दिएको अन्तर्वार्तामा प्रकाशले भनेका छन्, ‘पारिवारिक मामिलामा जे गरेर दुवैलाई सहज र न्याय हुन्छ, त्यसका लागि सधैं तयार छु ।

उनले आफू दिर्घकालिन रुपमै सिर्जनासँगको सम्बन्धको वैधानिकता टुटाउन इच्छुक रहेको संकेत गरेका छन् । तर, बिग्रिएको सम्बन्धलाई दाउपेच वा राजनीतिक लाभ–हानीको विषय नबनाउन प्रकाशले आग्रह गरेका छन् । ‘समस्या आइसकेपछि त्यसको दीर्घकालीन समाधान खोजेर अघि बढ्नु नै उत्तम हुन्छ, यसलाई दाउपेच वा राजनीतिक लाभ–हानीको विषय नबनाएर उपर्युक्त निकासमा पुग्नुपर्छ भन्ने लाग्छ ।’

यस्तै प्रकाशले हालै माओवादी परित्याग गरी राप्रपा प्रवेश गरेकी रेखा थापासँग अनावश्यक रुपमा आफ्नो नाम जोडिएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा केही व्यक्ति र पत्रकारले पत्रकारिताका नाममा आफूविरुद्ध अपराध गरेको आरोप लगाए ।

‘रेखा थापाको बहिर्गमनसँग मलाई जोडेर प्रचार गरिएको ‘रेखा थापाको बहिर्गमनसँग मलाई जोडेर प्रचार गरिएको, यो विल्कुलै भ्रामक र कपोलकल्पित छ । जसरी केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा ममाथि आरोपित गरियो, यो पत्रकारिता नभएर पत्रकारिताका नाममा गरिएको जघन्य अपराध हो । सत्य, तथ्य र प्रमाणबिना मान्छेको चरित्र हत्या गर्नेहरु कानूनको दायरामा आउनैपर्छ’, प्रकाशले भनेका छन् ।
नायिका थापा र प्रकाशबीच प्रेम सम्बन्ध रहेको र बिना मगरसँग विवाह गरेपछि चिसिन थालेको सम्बन्धकै कारण अन्ततः रेखाले माओवादी नै परित्या गरेको भन्दै केही अनलाइन पोर्टलमा समाचार आएको थियो ।

,

0 comments

Write Down Your Responses