छक्का पञ्जा बकवास भन्नेहरुलाई दीपक र दीपाको कडा जवाफ !
काठमाडौं, माघ ९ – नेपाली सिनेमाको इतिहासमा सबैभन्दा धेरै कीर्तिमान कायम गर्न सफल छक्का पञ्जा यु ट्युबमा निकै विवादास्पद तरिकाले रिलिज भयो । पाइरेसी भएपछि छक्का पञ्जा युट्युबमा रिलिज गरिएको थियो ।
सिनेमा पाइरेसी गर्ने एक युवकले आत्महत्या गरेपछि सिनेमा र दीपकराज गिरीमाथि सामाजिक सञ्जालमा केहीले गाली गलौज र हत्याको गम्भीर आरोप लगाए । युट्युबमा सिनेमा हेरेपछि केहीले बकवास भएको प्रतिक्रिया दिए । पहिले धेरै कीर्तिमान राखेको र सय दिन मनाएको सिनेमालाई अहिले युट्युब र सामाजिक सञ्जालमा आएका नकारात्मक प्रतिक्रियाको दीपाले कडा जवाफ दिएकी छिन् । उनले सिनेमा भनेको आनन्दले फुर्सदमा हेर्ने कुरा हो भन्दै कुरै नबुझी सिनेमालाई नराम्रो भन्न नमिल्ने विचार व्यक्त गरेकी छिन् । आफूहरुमाथि लागेको आरोपको सहि छानविन हुनुपर्ने मागसहित निवेदन पेश गर्न शनिबार दीपक र दीपा गौशाला प्रहरी बिटमा पुगेका थिए ।
छक्का पञ्जा हलमा गएर हेर्ने दर्शकले सिनेमा खुबै राम्रो भएको भन्दै प्रशंसा गरेर फर्केका थिए भने सिनेमालाई युट्युबमा हेर्नेहरुले गाली गरेका छन् । छक्का पञ्जालाई कतिले त बकवास सिनेमा भएको पनि बताएका छन् ।
सिनेमाका लागि आएका यस्ता गाली र यो पाइरेसी कर्ताको आत्महत्याको कस्तो कनेक्शन छ ? भन्ने मिडियाको प्रश्नमा, सिनेमाले कीर्तिमान कायम गरेको छ । युट्युबमा एक दिनमा १५ लाखले हेरेका छन् । सिनेमा राम्रो भएको र छोटो समयमै धेरै पटक हेरिएको भनेर सामाजिक सञ्जालहरुमा पनि आएकै छन् ।
लाइककै कुरा गर्ने हो भेन ३६ हजार लाइक छ भने ३ हजार डिसलाइक छ । सिनेमाले एक सय एक दिन मनाएको हो । हामीले दर्शकलाई डोकोमा बोकेर, घचेटेर हाम्रो सिनेमा हेरिदिनु पर्यो भनेको पनि होइन । सय दिनसम्म हलमा हेरेर पुष्टि गर्ने दर्शकहरु हुनुहुन्छ ।
सिनेमालाई मन पराउने दर्शक र युट्युबमा डिसलाइक गर्ने ३ हजार पनि दर्शक नै हो । त्यस कारण म त भन्छु, सकारात्मक सोचले सिनेमा हेर्यो भने राम्रो हुन्छ । सोच नकारात्मक राख्यो भने सिनेमा पनि नराम्रो लाग्छ ।
सिनेमा भनेको मासमा हेर्ने कुरा हो । नत्र सिनेमा हलहरु किन बन्थे ? सिनेमा बनाएर युट्युबमै रिलिज गरे पनि भइहाल्थ्योनी । फिल्म मासमा हेर्दाको मजा बेग्लै हुन्छ । युट्युबमा कस्तो हुन्छ भने, सिनेमा हेर्न सुरु गर्यो तरकारी बसालेर आयो । फेरि सिनेमा एक छिन हेर्यो तरकारी चलाउन गयो । भात बसाल्न गयो । चिया पकाउन गयो । आनन्दले सिनेमा हेर्न पाइएको हुँदैन । तनाव हुन्छ । अनि रोकी रोकी हेर्दा मजा आउँदैन । हिन्दी सिनेमाकै कुरा गरौँ, दंगलले पनि अहिले कति रेकर्ड राखेको छ । तर त्यहि सिनेमा युट्युबमा काम गर्दै हेर्दै गरेपछि नराम्रो लाग्न सक्छ ।
त्यस्तै सिनेमा छक्का पञ्जामा महिलाहरुको इज्जतमाथि नै प्रश्न उठाएको कुरा आइरहेको छ भन्ने प्रश्नमा उनले, महिलाई त्यसरी इज्जत माथि नै प्रश्न उठाएको भए यहाँ धेरै वटा संघसस्थाहरु छन् सिनेमा रिलिज हुने बित्तिकै विरोध गर्थे ।
सिनेमा रिलिज भएर सय दिन मनाउँदासम्म त्यस्तो कुराहरु उठाइएन । अहिले आएर हामी कमजोर भएको बेला यी दोषहरु लगाइएको छ । त्यस कारण म त भन्छु साँघुरो हिसाबले सोचिएको हो की ?
सिनेमा देखाइएका महिलाको चरित्रका बारेमा कुरा गर्ने हो भने बर्षा राउतलाई एउटा माया गर्ने महिलाको भूमिकामा देखाइएको छ । जो अमेरिकाको डिभी परेको बुढो छाडेर नेपालमै डुलेर हिड्ने राजालाई माया गर्छे । अनि अर्को कुरा प्रियंकाले महिलाहरुाई सहयोग गरेको छ ।
यहाँ त खराब भनेको राजा हो । सिनेमामा महिला सशक्तिकरणका कुराहरु पनि उठाइएको छ । हरेक सिनेमामा पुरुषलाई मात्रै खराब देखाउनु पर्छ भन्ने छैन नि । समाजमा महिलाहरु पनि छन्, उनीहरु खराब हुन्छन्, कुराकानीका क्रममा दीपकले थपे ।


0 comments
Write Down Your Responses