हुँदा हुदै ओली लाग्यो यसरी राजतन्त्र फर्काउने खेलमा !


दृष्‍य १ – नेकपा एमाले

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले पाँच बिकास क्षेत्रलाई संघियताको उत्तम बिकल्प भनेका छन । उनको यो भनाइ संघियतालाई अझै कमजोर बनाउने तर्फ उद्वेलित छ । अर्का नेता माधव नेपाल, झलनाथ खनालले त पहिले नै संघियताले देश टुक्र्याउने अभिब्यक्ती दिईसकेका छन । केही दिन अघी मात्रै एमाले उपाध्यक्ष बामदेव गौतमले बाध्य भएर एमालेले संघियता स्वीकार गरेको बताएका छन् । “शान्ति प्रक्रियामा लैजान सकिन्छ भन्ने नाममा गर्न नहुने जति छन् यो गरियो, त्यो गरियो, अनेक-अनेक गरियो,’ उनले भने, ‘त्यहि भएर युद्ध शान्तिमा रुपान्तरणमा भएको छ ।’ उनले भने, “विगतमा हामीले नराम्रा काम गरेका थियौं । आज हामीले सच्याएका छौं । सच्याएर अघि बढ्ने बेलामा फेरि हामीलाई विगतको त्यही नराम्रो काममा लगेर फसाउने कोसिस गरिँदै छ, हामी मान्दैनौं ।’

यसरी नेकपा एमाले संघीयताको गलत परिभाषा लगाएर जनतालाई भ्रम छर्दैछ । संघियताले देश टुक्र्याउदैछ भनेर अफबाह फैलाउदैछ । जाती जाती बिचमा झगडा पैदा गर्ने गरी संघियताको व्याख्या गर्दैछ । हिमाली, पहाडी र मधेशे जनता बिच दुरी बढाउदैछ ।

दृष्‍य २ – नेपाली काङ्रेस

नेपाली काङ्रेसका नेता खुम बहादुर खड्काले केही दिन पहिले पूर्व राजा ज्ञानेन्द्रलाई भेटे । जनताले मिल्क्याइसकेका तत्कालिन एउटा शक्तीलाई भेटेर खुम बहादुरले नेपाली जनतालाई एउटा च्यालेन्ज गरेका छन । नेपाली काङ्रेसमा बसेर उनी हिन्दू धर्मको नाममा राजतन्त्रलाई पुनर्स्थापित गर्न लालयती छन भन्ने कुरा उनका अभिब्यक्तीले दिएका छन । उनको साथमा महामन्त्री शसांक कोइराला सहित एक दर्जन नेताहरु रहेका छन जो हिजो पनि राजतन्त्रसँग नजिकको सम्बन्ध राख्दथे । तिनीहरु जनता भन्दा राजालाई प्यारो ठान्दथे ।

दृष्‍य ३ – पूर्व राजा ज्ञानेन्द्र

दशैं तिहार र नयाँ वर्षजस्ता ऐतिहासिक अवसरमा मात्रै विज्ञप्ति जारी गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार एउटा कडा प्रेस विज्ञप्ति जारी गरे । उनी भरखरै मात्र भारत र चीनको भ्रमण गरेर आएका छन । सिधै भारत र चीन गए शँका पैदा हुन्छ भनेर उनी थाइल्यान्ड र सिङापुर हुँदै चीन गएका थिए । चीनमा चिनिया कम्युनिस्ट पार्टीका बरिस्ठ नेता सँग भेटघाट र छलफल गरेको फोटो समेत सार्वजनिक भईसकेको छ । यो भ्रमण पस्चात आएको ज्ञानेन्द्रको बिज्ञप्तीलाई हलुकासँग लिन मिदैन। बक्तब्यमा भनिएको छ- ‘नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ । आज नेपाली वीचको सामाजिक सद्भाव मेटिँदैछ भने, तराई, पहाड र हिमाल माझको ऐक्य भाव तोड्ने भगिरथ प्रयत्न भइरहेको छ ।’ पूर्वराजाको यो अभिव्यक्तिले ५ नम्बर प्रदेशमा पहाड र तराईलाई अलग्याउन पाइँदैन भन्दै भइरहेको आन्दोलनलाई समर्थन गर्न खोजेजस्तो देखिन्छ । पूर्वराजाले त्यसमा खेल्न खोजेका हुन् कि भन्ने आशय उनको वक्तव्यमा देखिन्छ । जे होस् संघियता भित्र राजा खेल्न खोजेको स्पस्ट देखिन्छ । र उनी छिट्टै नै “मुभ” हुन सक्ने सन्केत पनि देखिएको छ ।

दृष्‍य ४ – प्रधानमन्त्री प्रचण्ड

अघिल्लो साता प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा बरिष्ठ लेखक र स्तम्भकारहरुसँग छलफलको आयोजना गरेका थिए । सो छलफलमा प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रको ‘मुभ’ का विषयमा पनि कुरो उठाए ।

पूर्वराजा ज्ञानेन्द्रको बेइजिङ र दिल्ली अनि बैंकक यात्रा त्यतिकै नभएको र त्यसमा गणतन्त्र मास्ने योजना रहेको हुन सक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले सो भेटघाटमा चिन्ता व्यक्त गरेका थिए । छलफलको अन्तिममा प्रधानमन्त्री प्रचण्डले गणतन्त्रवादी शक्तिहरु सचेत नहुने हो र ०७४ माघ ७ भित्र तीनवटै चुनाव गरेर संविधानलाई कार्यान्वयनमा नलैजाने हो भने संघीयता, गणतन्त्र र धर्म निरपेक्षता धरापमा पर्न सक्ने निश्कर्ष सुनाएका थिए । प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीको आन्तरिक बैठकमा पनि ज्ञानेन्द्रको बेइजिङ यात्राको राजनीतिक अर्थ केलाउदै सचेत हुनुपर्ने बताएका थिए ।

निश्कर्ष:

माथिका केही राजनैतीक घटना परिघटनालाई मिहिन ढंगले केलाउने हो भने अब गणतन्त्रमा हमला हुने पक्का छ र त्यो दिन त्यती टाढा रहेको छैन । र, यसको मुख्य कारक भनेको नेकपा एमालेको सिङो पार्टी पंक्ति र नेपाली काङ्रेसका खुम बहादुर लाईनका नेताहरु हुन । कमल थापा र सिङो राप्रपा हिजो देखिनै राजाबादी प्रतिगमनकारी शक्ती भएकोले उसको बारेमा चर्चा गरिरहनु आवश्यक छैन । राप्रपाको पार्टी निती नै राजतन्त्र रहेकोले उसको भूमिकाको बारेमा थप शँका लिईरहनु पर्दैन बरु बेलैमा सचेत रहनु पर्दछ ।

मुख्यत: नेकपा एमाले संघियता र गणतन्त्रबाट पछी हट्ने सम्भावना छ । एमालेको अहिलेको पहिलो प्रहार संघियता हो भने दोश्रो प्रहार गणतन्त्र नै हो । गणतन्त्रलाई मासेर बेबी किङको नाममा राजतन्त्र स्थापना गर्ने खेलमा केपी ओली लागेको अनुमान राजनतिक बृत्तमा गरिन थालेको छ । यसरी नेपालको राजनीति अब २ ध्रुबमा बिभाजित हुने पक्का छ । एक राजाबादी जसको नेत्रित्व नेकपा एमालेले गर्नेछ भने अर्को गणतन्त्रबादी जसको नेत्रित्व माओवादी सहित प्रजातन्त्रबादीहरु रहनेछन ।

आश्चर्य त के छ भने विश्व कम्युनिस्ट आन्दोलनमा शासक र सामन्तहरुलाई साथ दिने शायद विश्वको पहिलो पार्टी बन्नेछ नेकपा एमाले । यसरी एमालेले विश्व राजनितीमा नयाँ रेकर्ड राख्नेछ । उसको यो भूमिकाले अब निकट भविश्यमा राजतन्त्र बेबी किङको नाममा पुनस्थापित हुन सक्नेछ । एमालेकै घमण्ड र अदुरदर्शिताको कारणले जनताले अधिकार गुमाउनु पर्नेछ । देश अनिर्णित द्वन्द्वमा धकेलिने छ । गणतन्त्रलाई धरापमा पार्ने एक मात्र कारक नेकपा एमाले नै हुनेछ । कथित राष्ट्रबादीहरुले बेलैमा बुझ्न जरुरी छ ।


,

1 comments

हता-हतिको ठूलो मार खेप्न परेता पनि अन्तिम जित अग्रगामी नेपाली जनता कै हुनेछ भन्ने तथ्य नेपाली ईतिहासका रक्त मुच्छिल पन्नामा भेटिन्छ।।

Write Down Your Responses