लोकमानपछि अब विप्लव माओवादीको निशानामा पूर्वमन्त्री र कर्मचारीहरू !


यहीँ बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित आयुक्त प्रमुख लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतको प्राङ्गणमा तारिख बुझ्न गएको समयमा पारेर विप्लव नेतृत्वको नेकमा माओवादी निकट विद्यार्थी संगठनका दुई युवाले कालोमोसो दलेको केही दिनमा उसले पुनः भ्रष्टाचारको अभियोगमा ५० भन्दा बढी पूर्वमन्त्री तथा पूर्वकर्मचारीहरूलाई कारबाही गर्ने तयारी गरेको छ । भ्रष्टाचारमा संलग्न भएका र हाल पदमा नरहेका पूर्वमन्त्री र पूर्वकर्मचारी विप्लव माओवादीले निशाना बनाउने तयारी थालेको हो ।

अहिले ती व्यक्तिको खोजी र रेकी भइरहेको छ, विप्लव माओवादीका एक नेताले बताए । भ्रष्टाचारी र देश विरोधीलाई छानी छानी कारबाही गर्छौं । विप्लव माओवादीको कारबाही सूचीमा नेकपा माओवादी केन्द्रका नेतादेखि नेपाली कांग्रेसबाट पूर्वमन्त्री रहेका व्यक्तिसमेत रहेका छन् ।

भ्रष्टाचारमा संलग्न रहेका नेता तथा पूर्वकर्मचारीको घरदेखि उनी हिँड्ने बाटोसमेत विप्लव माओवादीका कार्यकर्ताले वाच गरिरहेका छन् । अन्य व्यक्तिलाई कस्तो कारबाही गर्ने सो बारे भने अहिले नै स्पष्ट भने गरेका छैनन् । कारबाहीको प्रकृति धेरै प्रकारको हुन्छ, सामाजिक रूपमा बहिष्कार गराउने नै हाम्रो मूल उद्देश्य हो ।

वैद्य माओवादीबाट विभाजन भएपछि कुनै नयाँ राजनीतिक उचाई लिन नसकेको विप्लव माओवादीले पछिल्लो समय आफ्ना गतिविधिलाई तीब्रता दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई ठाडो चुनौती दिन भ्रष्टाचारको कारबाहीलाई तीब्रता दिएको जनाएका छन् ।

दाहाल सरकारको सुरक्षालाई चुनौती दिन उनीहरूले यस्तो गतिविधिलाई प्राथमिकता दिएका छन् । सुरक्षा चुनौती दिनकै लागि करिब पाँच सय कार्यकर्ताको गिरफ्तारी दिने तयारी समेत विप्लव माओवादीले गरेको श्रोतले जनाएको छ ।

,

0 comments

Write Down Your Responses