६० लाख बोकेर अमेरिका गएका यादव बाँचे तर सन्ध्याले मृत्यु स्वीकार गर्नुपर्यो किन ?


देवीराम देवकोटा
२४ असाेज काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादव क्यान्सर मुक्त भएका छन् । यादवकी छोरी अनिताले आफ्नो बुबा क्यान्सरको संक्रमणबाट मुक्त भएको जानकारी दिएकी छन् ।

अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा यादवको सफल शल्यक्रिया भएको थियो । असोज १६ गते डा. मनि मेननको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटको शल्यक्रिया गरेकोे थियो । रोबोटिक सर्जरी प्रविधिमा आधारित शल्यक्रिया करिब चार घन्टामा सकिएको थियो ।

यादव अहिले अस्पतालको अतिथिगृहमा चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिरहेका छन् । यादवलाई प्रोटिनयुक्त खानेकुराका साथमा आराम गर्न चिकित्सकले सल्लाह दिएको बताइएको छ । यादव उपचारपश्चात् अक्टोबरको अन्तिम साता नेपाल फर्कने छन् ।

यादवको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने निर्णय गरेको छ । त्यसको लागि पहिलो चरणमा ६० लाख सहयोग गरिसकेको छ । डा. यादवको स्वास्थ्य ठिक हुनु जति सुखद् पक्ष छ त्यति नै कसैले उपचार नपाएरै मर्नु कयौं गुणा बढी दुखद् छ ।

एउटै देशका नागरिकमाथि राज्यले गर्ने विभेद भोग्नु अझ पीडादायी अबस्था हो । उच्च शिक्षा हासिल गर्दै गरेकी जुम्लाको चन्दननाथ नगरपालिका–६ की सन्ध्या शाहीले भने उपचार नपाएर असोज १९ गते ज्यान गुमाउनु परेको छ । यदि सन्ध्याले पनि यादवको जस्तो उपचार पाएको भए अल्पायुमै मृत्युको शिकार बन्नु पर्ने थिएन ।

दुई वर्ष पहिले नै सन्ध्याको शरीरमा क्यान्सर संक्रमण भएको जानकारी गराईएको थियो । तर उपचारको अभावमा दुई वर्षपछिको मृत्युलाई कुरेर बसिन् । सन्ध्या र यादवको रोग एउटै हो तर सरकारले उनीलाई अमेरिका पठाएर बचायो भने सन्ध्याको लागि एक रुपैयाँ समेत खर्च गर्न सकेन । सन्ध्याका लागि सरकार गरिब भयो ।

सन्ध्याले जीवन रक्षाको लागि स्वास्थ्यमन्त्री गगन थापालाई समेत पत्र लेखिन् तर दयाका दुई शब्द भन्दा अरु केही पाइनन् । सन्ध्याको पहुँच भक्तपुरको क्यान्सर अस्पतालभन्दा टाढा जाने हैसियतमा थिएन जसका कारण सन्ध्याले मृत्युलाई स्वीकार गर्नु पर्यो । आर्थिक अभावले उपचारको लागि बाहिर लिन नसकिएको परिवारले बताएका छन् ।

पूर्वराष्ट्रपति यादवको सल्यक्रिया सफल भएकोमा परिवारमा खुशीयाली थियो भने यता सन्ध्याको परिवार आँशुमा डुबेको थियो । यसले राज्यले नागरिकलाई दुई दर्जामा विभाजन गरेको प्रष्ट देखिन्छ । यादवलाई बचाउन सरकारले जुन भूमिका निर्वाह गर्यो  सन्ध्याको लागि त्यो गरेन ।

यादव पूर्वराष्ट्रपति भएपनि यो देशका नागरिक हुन् । सन्ध्या बाँचेको भए यादवको ठाउँमा नपुग्ने भन्ने थिएन । राज्यले नेपालका नागरिक त्यसमा पनि अझ कर्णालीप्रति विभेद गरेको कुरा यो घटनाले थप पुष्टि गरेको छ । त्यस्तै सन्ध्याकै टोलीमा घर भएकी अनु कार्कीले पनि आर्थिक अभावका कारण उपचार नपाएर अल्पायुमै ज्यान गुमाउनु परेको छ । उनको दुबै मृगौंला खराब भएको थियो ।

, ,

1 comments

Yadav ko bau ko sampatti sarkarle uslai treatment ko lagi diyeko theyo hami janta sala murkh ho hamro paisa le ini netaharu mauj garne ra kunai nagrik mathi aaipareyo bhane sarkar le nagarik ko paisa nagrik mathi nai nalaguana sakne ke garna khojeko ho.. hami mukhdarshak banera hereyraheka...sandhya ko mathi sarkar le 1 crore karcha gareko bhaye ke huntheyeo baru tyo paisa hami nagrik sanga chanda lina pani satheyo but sarkar ko kaam ho aafno ullu sojho parnu ...fuck this kinds of government : India le aafno nagrik bachauna ko lagi yeauta khukhar aatankbadi lai chodeyo kina ke uslai aafno janta pyaro theyeo tara hamro desh ma neta pyaro chan janta bhaneko 0? ho janta ko paisa janta mathi use garna nasakne yo hijda sarkar ko ma ghor birodh garda chu.. ma yo sarkar lai pani bhanna khojeko hoina jo sarkar aaye pani yestai ho...janta treatment ko lagi aafno jyan dinchan kina bhane unisanga paisa hudaina ra neta janta ko dukuti bata paisa liyera america, australia janchan treatment ko lai... kasto laaz mardo kura ho...

Write Down Your Responses