पूर्व राजा ज्ञानेन्द्रलाई नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईको चेतावनी, धेरै चुरुफुरी नगर्न सुझाव !


काठमाण्डु, २४ असोज– नयाँशक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गणतन्त्रबारे प्रश्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । 

बाबुरामले ट्वीटमार्फत ज्ञानेन्द्रले गणतन्त्रबारे प्रश्न गर्नु अशुभ संकेत भएको बताएका हुन् । अरुतिर एक औंला ठड्याउँदा आफूतिर ४ औंला आफूतिर फर्केनेबारे सोच्न बाबुरामले ज्ञानेन्द्रलाई भनेका छन् ।

‘बडादसैंको शुभकामना सन्देशमा पूर्वराजाले जनता र दललाई ७ बुँदे प्रश्नको झटारो हान्नु शुभसंकेत होइन’, बाबुरामले ट्वीटमा भनेका छन्, ‘एक औँला अरुतिर फर्काउँदा चार आफूतिर फर्किन्छ है !’

बडादसैंको अवसरका शुक्रबार शुभकामना दिँदै ज्ञानेन्द्रले गणतन्त्रको १० वर्षमा मुलुकले केही नपाएको भन्दै पछिल्लो परिवर्तनको समीक्षा गर्नुपर्नेमा जोड दिएका थिए ।

, ,

0 comments

Write Down Your Responses