दशैको टिका कै दिन भित्र्याउने भए छबी राज ओझाले चौथो श्रीमतीको रुपमा नायिका शिल्पा पोखरेललाई !


काठमाडौं । रेखा थापासँग सम्बन्ध बिच्छेद गरेर बसेका निर्देशक छवि ओझाको फेरी विवाहको साइत जुरेको छ । लामो समयदेखि विवादमा रहेका निर्देशक छवी ओझा र सील्पा पोखरेल विवाह गर्ने भएका छन् । पारिवारीक सहमतिमा उनीहरु यो दशैमा विवाह गर्ने तयारीमा जुटेका छन् ।

दशैको टिकाको दिन विवाह गर्नेगरि तयारी भइरहेको स्रोतले बताएको छ । नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापाका पूर्वपति ओझाले चौथो विवाह गर्न लागेका हुन् । ‘एक्लै बस्न नसक्ने भएँ, त्यही भएर अर्को विवाहको तयारीमा छु’ ओझाले भने ‘मेरो चौथो विवाह छिट्टै हुन्छ ।’

अभिनेत्री रेखा थापासँग तीन बर्षअघि सम्बन्ध बिच्छेद गरेपनि कानुन रुपमा केही समयअघि मात्र सम्बन्ध बिच्छेद गरेका थिए । छविले लामो समयदेखि सम्बन्धमा रहेकी सिल्पासँग अर्को विवाहको तयारी गरेका छन् ।

सिल्पा पोखरेल अहिले पनि उनीसँगै बस्दै आएकी छन् । सिल्पाका बुवाले समेत सहमति जनाएपछि उनीहरुबीच विवाह गर्ने योजना बनेको हो । दशैको टीकाको दिन सिल्पाका बुवा आमाले टीका लगाएर सिल्पालाई छवीको आधिकारीक बनाउने गरि तयारी भइरहेको ओझा निकटका एक चलचित्रकर्मीले बताए ।

छविको पहिलो पत्नीसँग डिभोर्स भएको थियो भने दोस्रो पत्नी गीताञ्जली सुनारले आत्महत्या गरेकी थिइन । त्यसपछि छविले रेखासँग विवाह गरेका थिए । करिव १० बर्ष रेखासँग बसेका छवि तीन बर्षअघि मात्र छुट्टिएका थिए ।

, ,

0 comments

Write Down Your Responses