मृत्यु कुरेर बसेकी एक क्यान्सर पिडित युवतीको अन्तिम इच्छा पुरा हुदै !

sandhya_gagan-jpeg
काठमाडौं । मृत्यु कुरेर वसेकी जुम्ली युवतीको स्वास्थ्य मन्त्री गगन थापालाई भेट्ने अन्तिम इच्छा पुरा हुने भएको छ । क्यान्सर रोग लागेर विपी क्यान्सर अस्पताल भक्तपुरबाट मृत्युको पूर्जा पाएकी जुम्ला जिल्लाकी सन्ध्या शाहीले आफ्नो अन्तिम इच्छा नै स्वास्थ्य मन्त्रीलाई भेट्ने रहेको भन्दै थापालाई पत्र लेखेपछि मन्त्री थापा उनलाई भेट्न उनकै निवासमा जान लागेका हुन् ।

स्वास्थ्य मन्त्री थापाले शनिबार हाम्राकुरा डटकमसँग कुराकानी गर्दै आईतबार साँझ ४ बजे सन्ध्याको डेरामा गएर उनलाई भेट्ने तयारी गरिएको जानकारी दिए । सन्ध्याले थापालाई पत्र लेख्दै आफू मर्नुभन्दा अगाडि सरकारी अस्पतालमा आफूले भोगेकापीडालाई मन्त्रीसामु राखेर मात्रै मर्र्न चाहेको बताएकी थिईन् ।

, ,

0 comments

Write Down Your Responses