यति एयर लाईन्सको बिमान दुर्घटना भएको २४ घण्टा नबित्तै सोलुखुम्बामा हेलिकप्टर दुर्घटना !

सोलुखुम्बुमा माउण्टेन एयरको हेलिकप्टर दुर्घटना
सोलुखुम्बुः सोलुखुम्बुमा माउण्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टरमा सवार ६ जना सबै सकुशल छन् ।

इन्जिन बन्द भएपछि हेलिकप्टरलाई आकस्मिक अवतरण गराईएको थियो । सोलुखुम्बुको जुभिङ–५मा बिरामी लिन गएको हेलिकप्टर बिरामी लिएर उड्नेक्रममा इन्जिन बन्द भएको थियो ।

आकस्मिक अवतरणका क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएको छ । नाइन एन अल्फा लिमा क्युबिक कल साइन भएको माउण्टेन एयरको हेलिकोप्टर लुक्ला बिमानस्थलबाट बुक्सा आएको थियो । 
शनिबार यति एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा पनि सबै यात्रु सकुशल थिए ।

,

0 comments

Write Down Your Responses