फेरी यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरणका क्रममा यसरी दुर्घट्नागस्त !

vlcsnap-2016-09-24-19h06m02s231
यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटनामा परेको छ । काठमाडौँबाट भैरहवाका लागि अपरान्ह ४ः१५ मा उडेको उडान नम्बर एवाईटी ८९३ को जहाज अवतरणका क्रममा धावनमार्गबाट घुम्ने क्रममा दुर्घटनामा परेको हो ।

विमान धावनमार्गको १ सय ५० मिटर दक्षिणतर्फ पुगेको छ । जम्मा २९ जना यात्रु र तीन चालकदलका सदस्य रहेको विमानमा मानवीय क्षति भने भएको छैन । जहाज बिमानस्थलमा अबतरण गरिसकेपछी मोडिने ठाउ पश्चिम दिशाबाट सोझै अगाडी घासे मैदान देखिबाहिर बिमानस्थल सुरक्षा घेरा भत्काउदै सडकको किनाराको नालामा धस्सिन पुगेको थियो । बिमान धावनमार्ग बाट करीब १ सय मिटर अगाडीसम्म गएको छ । दुर्घटना ठुलो भए पनि बिमानमा सवार केहीलाई सामान्य चोट लागेको छ । सबै यात्रुहरु तथा चालकदलका सदस्य कुशल छन् । दुर्घटना लगत्तै नेपाली सेना, बिमानस्थलका सुरक्षा अधिकारी लगायतले उद्धार गरेका थिए । यात्रुहरुलाई तत्कालै स्वास्थ्य परीक्षणका लागि युनिभर्सल मेडिकल कलेज लगिएको थियो ।

प्रहरीका अनुसार जहाज सवार पाँचजना यात्रु सामान्य घाइते भएका छन् । यति एयर भैरहवा स्टेशनका प्रबन्धक अनुज प्रधानले घटनामा सबैजना यात्रु र चालक दलका सदस्यहरु सुरक्षित रहेको बताउनु भयो ।

,

0 comments

Write Down Your Responses