फेरी अर्को गम्भीर दुर्घटना: पूर्वगृहमन्त्री सवार कार दुर्घटनाको अपडेड : चार जनाको शव भेटियो

14454513_1116868241734558_2117803159_n
काठमाडौं – पूर्वगृहमन्त्री माधव घिमिरे सवार कार त्रिशुली नदीमा खसेको छ । नेपाल सरकारका पूर्व मुख्यसचिव समेत रहेका घिमिरे सवार कारमा सात जना रहेको चितवन प्रहरीले जनाएको छ ।

चितवनको दारेचोक स्थित घोप्टेभिरबाट त्रिशुलीमा खसेको कारमा सवार सात मध्ये चार जनाको शव भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

कारमा पुर्व गृहमन्त्री माधव घिमीरे सवार रहेको बुझिएको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका ड्युटी अफिसरले भने, ‘सबै मृतकहरुको सनाखत भैसकेको छैन, हराएकाहरुको खोजी हुँदैछ ।’

प्रहरी नायव निरिक्षक आरसी कार्की, प्रहरी हवलदार विष्णु राई, नारायण प्रसाद काफ्लेको सनाखत भएको छ ।शव फेला परेको एक महिलाको सनाखत हुन बाँकी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घटनामा एक जना घाइते रहेको बुझिएको छ । तर, यसको आधिकारिक पुष्टि भएको छैन ।

मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्वरको कार आइतबार साँझ सडकबाट तल त्रिशुली नदीमा खसेको हो ।

यता, प्रधानमन्त्री प्रचण्डले पनि घिमिरे सवार कार दुर्घटना भएको पुष्टि गर्दै आफू समाचारले स्तब्ध भएको बताएका छन् । शिघ्र खोजीका लागि प्रशासनलाई उनले निर्देशनसमेत दिएका छन्।

फोटो : नेपालखबर/एभिन्युज

, ,

0 comments

Write Down Your Responses