व्यक्ति र संस्थाको स्वार्थमा देश र नागरिकको घोर बेइजत ! जोया र जिबन काण्ड गरिबमाथिको अन्याय र गम्भीर अपराध गरेको खुलासा !

एम वर्तमान राना
डेली न्युज पोखरा, भाद्र १०, काठमाडौं । निश्चित व्यक्ति र संस्थाको स्वार्थ र ईज्जतको खातिर देश र जनताको बेइजत गर्नु गम्भीर अपराध हो । तथाकथित उद्दारको नाममा गरिबीकै कारण कसैको परिवार कसैले छुटाउछ भने  त्यो घोर अन्याय हो । जोया र जिबन थापा मगर काण्ड गरिबमाथिको घोर अन्याय र नेपालको दुई छोरा एबम बुहारीलाई देश निकाला गरेर चितवन स्थित आदर्श गृह संस्था र सम्बन्धित निकायले गम्भीर अपराध र अन्याय गरेको छ ।  आज विश्वमा एउटा बुहारी अनि दुइ सन्तान पाल्न नसकेर देश निकाला गर्ने देश- नेपाल भनेर, देश र नेपाली जनताको घोर बेइजत गरेको छ भने आदर्श संस्थाको स्वार्थ र इज्जतका खातिर विश्वभर फैलाईएको खबरले विश्वभर रहेको लाखौँ नेपालीहरुको नैतिकता, आचरण र अनुसासनमाथि गम्भीर दाग लागेको छ । नेपालीहरु हिजो सोझा, सिधा, मेहनेती, सहयोगी, नैतिकवान, कर्तब्यनिष्ठ र ईमान्दार भनेर चिनिदै गर्दा यस जोया र जिबन काण्डकोपश्चात नेपालीहरुमाथिको ब्याबहार नकारात्मक भएको छ । फिलिपिन्समा अध्यान गरिरहेका नेपाली बिद्यार्थीमाथि भौतिक आक्रम भएको छ । गल्फ एबम मलेशियामा नेपालि कामदारमाथि दैनिक गालि, तुच्छ बचन र लातसम्म खान परेको अवस्था छ । सयौ सम्बन्ध टुट्न लागेको जानकारी आएको छ । के अब यो गम्भीर आघात यो आदर्श गृह संस्थाको ईज्जतले जोगाउछ ? के रास्ट्रको ईज्जतभन्दा आदर्श गृह संस्थाको ईज्जत ठुलो हो ? रास्ट्र र नागारिकहरुको बेइजत गर्ने अधिकार कसले दियो आदर्श गृह संस्थालाई ? गम्भीर भएर सबैले सोच्ने बेला आएको छ ।


मानिसको जीवनमा धेरै गल्ति हुन्छन जुन सुधार र क्षम्य पनि हुन्छन । स्थलगत अध्यान गर्दा अबश्य पनि जिबन थापा मगरले सामान्य गल्ति गरेको देखिन्छ तर कुनै अपराध गरेको पाईन्न जुन आदर्श गृह संस्थाले फैलाईएको हौवा जस्तो छैन । जिबनको आर्थिक अबस्था नाजुक भएकै कारण- भनेजस्तो जोयालाई शुख सयलमा राख्न नसके पनि एक छाक खान र लगाउन दीएकै भेटिन्छ । बिगत ७ महिनादेखि एउटा घरमा बस्ने र पसल गर्ने अनिता धिमाल भन्नु हुन्छ-वहाको बुबा बिते पछी अलि दुख भयो, तर कोठामा चामल, दाल, तरकारी कहिल्यै टुटेको भेटेको छुइन । जिबन केहि कामले एक दुइ दिन बाहिरीए पनि मलाई फोन गरेर दिदि त्यहा दाल चामल तरकारी दिनु है म आएर पेशा तिर्छु भन्थे र मैले त्यहाँ लगिदिन्थे । जाँड रक्सि खान्थे तर कहिल्यै झल्लु भएर हिडेको भने देखेको छुईन । वरिपरिका छिमेकीहरुले दुइ छोराहरु- मिगेल र एरिकलाई सबैले माया गर्थे । माया गरेर कसैले जुस दिन्थे, कसैले बिस्कुट दिन्थे, कसैले चकलेट । तर समाचारमा आएको जस्तो महिनौ देखि सडकमा माग्ने, दयनीय बिजोग अबस्था मागेर ज्यान पालेको हुदै नभएको बताए । त्यस्तो समाचार कसरी आयो ? किन संस्थाले त्यसरी हल्ला गरे ? कसले छाप्यो ? त्यो समाचार देखेर छक्क परेको उनले बताए । यसैमा थप्दै संगै बस्ने कुमारी तामाङ भन्नु हुन्छ- झगडा त श्रीमान श्रीमतीमा भई हाल्छ नि । तर जोया र जिबनको झगडा त्यस्तो ठुलो हुदैनथ्यो । एकछिन मुखामुख गर्थे एक छिनमा मिलि हाल्थे । उनीहरु एकअर्कामा अशाध्यै माया गर्थे । र जोयाले आफु पनि कतै एउटा जागिर पाए खाने बताउथे उनले भने । त्यस दिन एकाबिहानै फेसबुकमा फोटोको कारण झगडा भएको थियो तर फेसबुकमा कसको फोटो थियो त्यो भने हामीलाई थाहा भएन र खासमा त्यस्तो ठुलो झगडा भएको पनि थिएन उनले बताए । 

जिल्ला प्रहरी कार्यालय चितवन परिसरभित्र भेट भएका महिला अधिकार मंच जिल्ला कार्यसमिति चितवनका अध्यक्ष मेनुका रिमालका अनुसार जोयाको उद्दार एक पक्षीय भएको बताए । मैले मिना जीलाई कयौं चोटी भेट गर्न खोजे र यो बिषयमा छलफल गर्न खोजे तर पहिला दिनहु जस्तो भेटघाट हुने यो घटना भएपछी मसंग भेट गर्न नचाहेको उनले बताए । अस्ट्रेलियामा भएका आफ्ना छोराछोरीले यसमा एक पक्षीय र मानाबधिकार हनन भएको भन्दै तपाई मानब अधिकारकर्मी भएर के हेरी रहनु भएको छ भनेर दबाब दिएको पनि रिमाल दिएको बताए । 

सम्बन्धित स्थानीय क्षेत्रमा सत्य तथ्य संकलन गर्न चितवन पुगेको म लगायत नेपाल मगर संघ जिल्ला कार्यसमिति चितवनका पदाधिकारीहरुले भाग्यबस सार्बजानिक बिदाका दिन पनि जिल्ला प्रहरी कार्यालय, भरतपुर चितवनका एसपी बसन्त बहादुर कुँवरको कार्यकक्षमा नै एसपी कुँवर, संस्थाका अध्यक्ष मिना खरेल लगायत १ दर्जन संस्थाका पदाधिकारी र कर्मचारीहरु बीच करिब साढे ४ घण्टा छलफल गर्ने मौका पाए । जोया र जिबनको  फेहरिस्त सुनी रहदा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रसासन कार्यालय र अन्य स्थानीय निकायहरुलाई आदर्श गृह संस्थाले भरपुर प्रयोग गरेको देखिन्छ । तर यहाँ गम्भीर प्रश्न यो छ कि जोयालाई उद्दारको नाममा देश निकाला गरिरहदा यो देशभित्रको एक जिल्ला र अर्को जिल्लाको मुद्धा होइन यो त अलग-अलग दुइ देशबीच सम्बन्ध छ र बेबारिसे, नागरिकता बिहिन बनाएर जोया र नेपालि सन्तानलाई पठाउनु देशको ईज्जतमा खेलवाड गर्नु हो भन्ने कुरा किन बुझेन ? के चितवन जिल्लाको एसपी हुदैमा, जिल्ला प्रसासनको सिडियो हुदैमा र आदर्श संस्थाको अध्यक्ष हुदैमा देश र जनताको बेइजत गर्ने अधिकार उनीहरुलाई छ ? वा पाईन्छ ? जोयाको बिदाईमा सिडियो, एसपीसमेत नेपालको अन्तरास्ट्रिय बिमान स्थलसम्म आएर जोयालाई बिदाई गर्नु पर्ने कारण के थियो ? यहि बिषय राखेपछी एसपी कुँवर पनि कार्यकक्षबाट बाहिरिनु भयो त्यस पछाडी वहा छलफलमा आउनु भएन । 

एस पी बसन्त बहादुर कुँवर आफ्नो कार्यक्षमा घटना बारे बताउनु हुदै फोटो : एम वर्तमान 

त्यसपछाडिको छलफलमा जिम्मेवार व्यक्तिको गहिराई सम्मको छलफल गर्नुभन्दा पनि आदर्श गृह संस्थाको कर्मचारी, वार्डेन भर्खर हुर्केका भंगेरा झैं चिच्याउन र महान सहयोग गरेको कुरा बारम्बार दोहोर्याउन मात्र उद्दत देखिन्थे । मैले अन्य बिषय राख्नू उपर्युक्त ठानिन र उनीहरुलाई आफु नेपाल मगरसंघ छानबिन समितिको सदस्यको नाताले जोया पठाउदा के कस्ता कागजात तयार भएका छन् र फिलिपिन्स सरकारलाई उद्दार गर्न कति रकम पठाएका छन ? मलाई फोटो कपि उपलब्ध गराउन अनुरोध गर्दा खर्चबारे आफुलाई कुनै कुरा थाहा नभएको मिना खरेलले बताए भने कागजातको सम्बन्धमा उनीहरुले एक सर्त अघिसारे-"आजबाट कुनै पनि सार्बजानिक मिडियाहरुमा समाचार दिने काम बन्द गर्नु पर्ने र पुन जोया र नेपालि सन्तानलाई फर्काउन सबै लाग्ने र त्यसको लागि सबैलाई सहयोगको अपिल गर्ने" भन्ने । जुन मेरो अधिकार भन्दा बाहिरको बिषय भएकोले म कुनै पनि बिज्ञप्ति मा हस्ताक्षर गरि बिज्ञप्ति निकाल्न नसक्ने भनेपछी उनीहरुले पनि हामिलाई कुनै कागजात उपलब्ध गर्न नसकिने बताए । त्यसो भए जिल्ला प्रहरी कार्यालयले त उपलब्ध गराउन सक्ला नि भन्दा त्यो पनि नसकिने बताएपछी हामि बाहिरिएका थियौ । 

यहाँ जन्म दर्ता, नाताप्रमानित, विबहा दर्ताको लागि १० औं दिन काम गरेको कार्यालय धाएको देखिन्छ । रत्ननगर नगर पालिकाको वाड नम्बर १ २ ४ मा बारम्बार गएको देखिन्छ र जसको नेतृत्व संस्था आफैले गरेको पनि छ तर अन्त्यमा आएर सम्बन्धित वडाको सचिबलाई दोष थुपार्दै कागज बन्न सकेन भनिरहदा सिडियो, एसपी लगायत देशको समाज सेवा नेता भन्नेहरु चितवनमा थिएन ? किन खोज्न सकेन संस्थाले ? वा निज आमाछोराको नातेदार, समाजलाई किन समयमा खबर गरिएन ? यानेकि नेपाल मगर संघ केन्द्रीय समितिको ११ औं महाधिबेशन बैशाखको १७ बाट २५ सम्म ५० औं हजार मगरहरुको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय वरपर भएको छ । 


यहा २०७३ साल ज्येष्ठ १३ गते रत्ननगर  नगरपालिकामा दर्ता नम्बर ०२ मा दर्ता भएको बसाईसराईको प्रमाण पत्र समेत छ । आमा पूर्ण माया मगर, बुबा स्व. बल बहादुर मगर, छोरा जिबन मगरको सक्कल नागरिकता छ । यसबाट गम्भीर प्रश्नहरु उब्जिएका छन्- कतै यो घटना मानब बेचबिखनसंग त सम्बन्धित छैनन् ? नत्र जन्म दर्ता, नाताप्रमानित, विबहा दर्ताको लागि १० औं दिन काम गरेको कार्यालय धाएको भनेर फेहरिस्ता सुनिरहदा किन बनेन त यी कागजात ? र किन पठाईयो बेबारिसे बनाएर नेपालि बुहारी र नेपालका दुइ सन्तानलाई ? फिलिपिन्स कन्सुलर कार्यालयका प्रसासकिय अधिकृत अनु प्रधानका अनुसार यतिसम्म खतरा थियो कि जोयालाई ट्रान्जिट रहेको आबुधाबिमा ति बच्चाको बारेमा सोधपुछ भएको भए वा कुनै कारणले बोर्डिंग पास हराएको भए जोया जेल जाने सम्भावनासमेत थियो । 

संस्था एबम प्रसासनले उद्दार एबम सहयोगको महान काम गरे भनेर घमण्डले फुली रहदा जोया र जिबनलाई नेपालमा रहने गरि अन्य बैकल्पिक सहयोग तर्जुमाको बाटोको किन खोजि गरिएन ? यदि सहयोग हो भने उनीहरुलाई आबश्यक पर्ने दाल चामल कोठा लगायत रोजगारीका बैकल्पिक सहयोग किन गरिएन ? आर्थिक सहयोगको याचना किन गरिएन ? के चितवन बासीले दुइ चार सय सहयोग गर्न सक्दैनथे ? के नेपाल सरकारले उनीहरुलाई सहयोग गर्न सक्दैनथे ? समयमा किन जिबन थापा मगरको पूर्ण विवरण संस्थाले मेडियामा दिएन ? हिजो जिबन थापामगर दुर्ब्यासनी, जड्याहा, फटाहा, स्वास्नी श्रीमति छोराछोरी कुट्ने, अर्काको छोरीचेलीलाई बेबारिसे बनाउने, सडकमा छोड्ने भनेर हौवा पिट्ने संस्थाका पिछलग्गु मिडिया आज जिबनको बाध्यता यथार्त थाहा पाउदा किन कानमा तेल हालेर कुन कुनामा बसिरहेको छ ? अब चिनेर अघाडी बढ्ने समय आएको छ ...अब न्याय अन्याय छुट्टयाउने समय आएको छ ....

, ,

0 comments

Write Down Your Responses