यी हुन आफ्नै महिनावारी भएकी १५ वर्षीय भतिजीलाई बलात्कार गरि फरार अभियुक्त ! कतै तपाईले त देख्नु भएको छैन ? कृपया सक्दो शेयर गरौ !
धनकुटा, १० भदौ । धनकुटामा एक जनाले आफ्नै भतिजीलाई बलात्कार गरेर फरार भएका छन् । धनकुटाको चानुवा गा बि स २ का जित बहादुर बिक ले भदौ ४ गते सोही ठाउँकी आफ्नै १५ वर्षकी भतिजि नाता पर्ने अम्बिका विक ( नाम परिवर्तन) लाई घरमा कोहि नभएको मौका पारि बिहानको करिब ९ बजे तिर पानी खाने निहुमा घरमा पसेर बलात्कार गरेको बताइएको छ ।
महिनावारी भएकी भतिजीको मुखमा कपडाको बुजो हालेर बलात्कार गरेको बलत्कृत किशोरीले बयान दिएकी छिन् । बालिकाका अनुसार घरमा आएर तेरो बाउले कमाएको पैसा कहाँ राखेको छ भन्दै धम्काएको र नियन्त्रण लिएर बलात्कार गरेको बताएकी छिन् । बलात्कारपछि विकले कसैलाई भनेमा परिवार कै ज्यान लिने धम्की दिएका थिए । फेरी बलात्कार गर्ने धम्की दिएर गएका विकको बारेमा बालिकाले पिडा सहन नसकी आमासँग भनेपछि मात्र घटनाको रहस्य खुलेको हो । किशोरी अहिले उपचारका लागी धनकुटाको एक अस्पताल छिन् ।
विकको एक हप्तामा दुवईको फ्लाइट भएकाले आर्थिक प्रलोभन देखाई घटाना लुकाउन दबाब दिएको बुझिएको छ।विदेश गएपछि अनुसन्धानमा समस्या हुन सक्ने भन्दै विदेश जानबाट रोक्न किशोरीका अभिभावनले आग्रह गरेका छन् ।
अभियुक्त : जित बहादुर बिक
अहिले विकले मोबाइल परिवर्तन गरेको र फेसबुक पनि निष्कृय अवस्थामा राखेको बताइएको छ । बिकले आफ्नो तथा आफन्तको फेसबुक खाताबाट समेत आफ्ना सबै तस्विरहरु हटाएको कुरा एक स्थानिय महिलाले एभरेष्ट मिडियालाई बताएकि छ्न । विक यसअघि पनि आपराधिक कार्यहरुमा संलग्न रहेको किशोरीका आफन्तहरुको भनाई छ ।
एभरेष्ट अनलाइन मिडियालाई प्राप्त जानकारी अनुसार पिडित परिवार अहिले न्याय खोज्दै धनकुटा बजारमा छन् । बलात्कार गर्ने अभियुक्त बल र धम्कीकोको भरमा स्थानीय स्थरमा छात्ती फुलाएर हिडिरहेका र पीडितका आफन्त कमजोर हुनलाले घटना छिपिरहेको जानकारी प्राप्त भएको छ । तत्काल पुलिस प्रशासनले अभियुक्त अपराधीलाई पक्राउ गरि कानुनको कठघरामा ल्याई किशोरीलाई न्याय दिई कानूनी राज्यको प्रत्याभूति गरिनु पीडित पक्षको भनाइ रहेको छ । – एभरेष्ट अनलाईनबाट ।

0 comments
Write Down Your Responses