चर्चित वामपन्थी एवं जनजाती नेता गोरे बहादुर खपांगीको निधन

फाईल तस्वीर
काठमाडौं, ११ भदौ । पुर्वमन्त्री तथा वामपन्थी नेता गोरे बहादुर खपांगीको निधन भएको छ । राजधानीको पुरानो बस पार्क अगाडी २०७० वैशाख १२ गते मोटरसाईकलले ठक्कर दिएपछि उनी घाईते भएका थिए । त्यतिबेला देखि नै अचेत अवस्थामा रहँदै आएका थिए ।

न्युरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका खपांगीको शनिबार १० बजे राती निधन भएको पारिवारिक स्रोतले दियोपोस्टलाई गराएको छ । कुनै समय निकै चर्चित वाम नेताको रुपमा चिनिएका खपांगी पछिल्लो समय जनजाति नेता हुँदै राजावादी समेत बनेका थिए । उनले आफ्नै नेतृत्वमा छुट्टै पार्टी समेत गठन गरेका थिए ।

पछिल्लो समयमा खपांगीले लिबरल डेमोक्रेटिक पार्टी गठन गरेका थिए । तीन वर्षदेखि उपचाररत रहँदा निकै आर्थिक समस्या झेल्नु परेको थियो । जनजाति समुदायको आर्थिक सहयोगमा सिंगापुरमा समेत उनको उपचार भएको थियो । राजधानीकै, अन्नपुर्ण अस्पताल, नर्भिक र पछिल्लो समय न्युरोमा वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको निगरानीमा उनको उपचार भईरहेको थियो ।

खपांगीको परिवारमा श्रीमती सहित, दुई छोरी र दुई छोरा रहेका छन् । स्थायी घर महोत्तरी रामनगर रहेका खपांगी स्वच्छ र स्थापित नेता थिए ।

, ,

0 comments

Write Down Your Responses