वाईसीएल नेपालले टोले गुन्डा र ट्यापेहरूलाई अब छानी -छानी जन कारबाही गर्छ : संयोजक शिशिर
वाईसीएल नेपाल काठमाण्डौ जिल्ला भेला आयोजक समितीका संयोजक शिशिर तामङ्गले वाईसीएलले अब काठमाण्डौका टोले गुन्डा र ट्यापेहरूलाई छानी- छानी जन कारवाही गर्ने बताएका छन।
गुन्डाहरू काग्रेस एमाले लगायत अरू पार्टीहरुमा प्रबेश गरेर गुन्डा गर्दी गरिरहेको भन्दै तामङ्गले भने -‘अब पहिले जस्तै वाईसीएलले ठिक गर्छ’ । उनले अघि भने – ‘हिजोको दिनमा पुलीसले ठिक पार्न नसकेको अबस्थामा हामीले ठिक पारेका थियौ , अबपनि अन्यायमा परेका जनतालाई वाईसीएलले न्याए दिनेछ।
हामी केही समय निस्क्रिय बसेको मात्र हो हामि सकिएको होईन । वाईसीएल हिजो पनि बाघ थियो आज पनि बाघ नै छ । यहि आउँदो चैत्र १२ गते वाईसीएल नेपाल काठमाण्डौको सम्मेलन मार्चपास गरि प्रधानमन्त्री क प्रचण्डले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
चैत्र १२ पछि काठमाण्डौमा सबै कलेजमा वाईसीएल ,कलकारखानामा वाईसीएल ,टोल-टोलमा वाईसीएल सबै क्षेत्र वाईसीएलमय हुनेछ ।


0 comments
Write Down Your Responses