यहाँ नेपाली ट्याक्सी चालकले कमाउछन ९० लाख !


नेपालमा छोराछोरीले परिक्षामा राम्रो अंक ल्याएन भने बावु आमालाई सन्तान ड्राइभर वा खलासी बन्ने भयो भन्ने चिन्ताले सताउने गर्दछ। तर, अमेरिकाको न्युयोर्कमा भने यही ड्राइभर बन्न पनि धेरैको लगि फलामको चिउरा चपाउनु बरावरनै हो।

अमेरिकाको न्युयोर्कमा उवर र ट्याक्सी  ड्राइभिङ आम्दानीको राम्रो श्रोत भएपनि  यसको लाइसेन्स लिन भने त्यति सहज छैन। न्युयोर्कमा उवरको लाइसेन्स लिने ब्यबस्थामा पनि अहिले परिवर्तन गरिएको छ। न्युयोर्क ट्याक्सी एण्ड लिमोजिन कमिशनले (टीएलसी) अहिले सिधा दर्ता गरी नम्बर, प्लेट लिएर ब्यक्तिगत सवारीलाई उबरको रुपमा ब्यबसायिक ढंगबाट चलाउन पाउने ब्यबस्थामा परिवर्तन गरेको हो।

ब्यक्तिगत सवारी साधनलाई ट्याक्सीको रुपमा संचालन गर्ने उबर ड्राइभरले पनि अब न्युयोर्क ट्याक्सी ड्राइभिङको कठिन परिक्षा पास गर्नुपर्ने छ। सिधै टीएलसीमा दर्ता गरी उबरले ट्याक्सीको रुपमा काम गर्न थालेपछि न्युयोर्कको पहेलो ट्याक्सी (एल्लो क्याब), हरियो ट्याक्सी (ग्रीन, क्याब) लिमोजिन, ओझेलमा परिरहेको सन्दर्भमा अब सबैको एउटै यूर्निभर्सल लाइसेन्सको ब्यबस्था गरिएको छ। न्युयोर्कक टीएलसी ड्राइभर लाइसेन्स लिन यी सबैबाट सोधीने संयुक्त परिक्षामा  उतिर्ण भएमात्र उबर वा ट्याक्सी चलाउन पाउछन्।

उवर ड्राइभरसंग न्युयोर्कका स्थान र म्यापको जानकारी नहुदा धेरै सवारी दुर्घटना हुन थालेपछि टीएलसीले ट्याक्सीको लागि लिइने लिखित परिक्षा उतिर्ण हुनेले मात्र उबरको लाइसेन्स पाउने ब्यबस्था गरेको छ।
यससंगै, न्युयोर्कमा उबरको लाइसेन्स भन्ने ब्यबस्था हटाइएको छ। अब टीएलसीले लिने ड्राइभिङ परिक्षा उतिर्ण हुने विद्यार्थीले उबर मात्र नभएर एल्लो क्याब, ग्रीन क्याब, लिमोजिन र लिभरी पनि  चलाउन पाउनेछन्। एउटा युनिर्भसल लाइसेन्सको कन्सेप्टमा न्युयोर्क अगाडि बढेको छ। 

न्युयोर्कमा एउटा ट्याक्सी ड्राइभरले बर्षमा कम्तीमा पनि ९० हजार डलर अर्थाली नेपाली ९० लाख रुपिँया भन्दा बढी कमाउने गर्दछ। हाप्तामा ४० घण्टा काम गर्ने ड्राइभरले १५ सय डलर देखि दुई हजार डलर सजिलै कमाउन सक्ने भएकाले पनि अहिले यो पेशा धेरै नेपाली, बंगाली, भारतीय, पाकिस्तानी र अफ्रिकन मूलका नागरिकको आकर्षण बढीरहेको छ। तर, यसो भन्दैमा आम्दानी ट्याक्सी ड्राइभर बन्न सजिलो छ, त? अबश्य छैन।

न्युयोर्कमा ट्याक्सी ड्राइभर बन्नको लागि तपाईले धेरै चरणका परिक्षा पार गनुपर्ने हुन्छ। कम्तीमा अग्रेजीको राम्रो दखल हुनु पर्दछ। लाईसेन्स निकाल्दासम्म समय र पैसा पनि राम्रै खर्च हुने गर्दछण्। पहिला तपाईसंग न्युयोर्कको डीएमभीको लाइसेन्स हुनुपर्दछ। तपाईसंग भएको डी लाइसेन्सलाई इ मा परिवर्तन गरेपछि प्रक्रिया अगाडि बढ्छ।

टीएलसी ड्राइभर लाइसेन्स लिनको लागि पहिला तपाईले आवेदन दिनुपर्दछ। ह्वील चेयर कोर्स, डिफेन्सीभ ड्राइभिङ कोर्ससंगै न्युयोर्कमा ट्याक्सी लाइसेन्स चार दिनको २४ धण्टा क्लास पनि लिनुपर्ने हुन्छ। त्यतिमात्र नभएर न्युयोर्कमा सवारी साधनसम्बन्धी नीति नियम, न्युयोर्क सिटीको म्याप, घर नम्बर पत्ता लगाउने लगाएता प्रश्न सहित कठिन लिखित परिक्षा पार गर्नुपर्दछ।

परीक्षा पास भएर मात्र पनि हुदैन। तपाई न्युयोर्क अमेरिकामा वैद्यानीक ढंगले बसेको प्रमाणित पनि हुनुपर्दछ। तपाईसंग काम गर्ने वैद्यानिक कागजात छ कि छैन? कुनै अपराधिन क्रियाकलापमा संलग्न छ कि छैन? लगायत तपाईको ब्याकराउण्ट चेक पनि हुन्छ। त्यतिमात्र हैन, अहिले फिंगर प्रिन्ट पनि अहिले लिइन्छ। ड्रग टेष्ट परिक्षा र स्वास्थ्य परिक्षणमा पनि तपाई उतिर्ण हुनुपर्दछ। अनि मात्र तपाई न्युयोर्कमा ट्यासी चलाउन लायक बन्नुहुन्छ। एउटा उबर चालक र ट्याक्सी ड्राइभर बन्नको लागि तापईको चार हजार डलर देखि ५ हजार डलरसम्म खर्च हुन्छ। त्यसैले पनि भनिन्छ 'न्युयोर्कका ड्राइभर न्युयोर्कका पर्यटन दूत र पहिचान हुन्।' त्यो न्युयोर्कमा लगानी पनि हो।

, ,

0 comments

Write Down Your Responses