जथाभाबी अभिव्यक्ति दिदै हिड्ने अधिकार बिहिन राजालाई राष्ट्रपतिले दिए छोरीको बिहेको निम्तो !


काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले छोरीको बिहेमा सहभागि हुन निम्ता दिएकी छिन् । उनको छोरी निशाकुसुमको बिवाह पूर्वराष्ट्रपति रामवरण यादवका भतिजा अभिषेकसँग सोमबार हुँदैछ । 

(राताेपाटी न्युजरुपमा राष्ट्रपति भण्डारीको छोरीको विवाहमा निम्ता दिएको सूचना प्राप्त भएपछि यसको पुष्टि गर्न कोशिस गर्यौं । राष्ट्रपति निकट स्रोत र पूर्वराजा निकट स्रोत दुबैसँग कुरा हुँदा निम्ताको पुष्टि गर्यो तर संवेदनशील विषय भएकाले आफूलाई उदृत नगर्न आग्रह गरे । हामी ति स्रोतहरुप्रति  विश्वस्त छौं, जसले समाचारको पुष्टि गरे )

नाम उल्लेख नगर्ने सर्तमा शीतल निवास स्रोतले पूर्वराजालाई राष्ट्रपतिकै चासोका कारण निम्ता दिइएको बतायो । यस्तै पूर्वराजाका सचिवालयले पनि निम्ता आएको बताएको छ । यद्यपी पूर्वराजा शाह विवाह वैवाहिक कार्यक्रममा जाने या नजाने निश्चित भएको छैन । लामो समय प्रेम सम्बन्धमा रहेका निशाकुशुम र अभिषेकबीच दुई महिनाअघि शीतल निवासमा इन्गेजमेन्ट भएको थियो।

दुई साता लामो थाइल्याण्ड भ्रमणमा रहेका पूर्वराजा शाह शुक्रबार मात्रै नेपाल फर्किएका थिए । थाइल्याण्डमै रहँदा पूर्वराजाले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा विज्ञप्ति निकालेर दलहरुप्रति कडा कटाक्ष गरेका थिए भने सो अघि पनि पटकपटक देशै नरहने अवस्था आएको भन्दै टिप्पणि गर्ने गरेका थिए ।

यसैबीच राष्ट्रपतिको तर्फबाट विवाहमा ज्ञानेन्द्रबाहेक उपराष्ट्रपतिदेखि प्रधानमन्त्री, विभिन्न दलका नेता, कुटनीतिक नियोगका अधिकारीलगायतलाई निम्ता दिइएको बताइएको छ ।

तर मधेसी र पहाडी घरानाबीच हुन लागेको यो वैवाहिक समारोह संक्षिप्त र तडकभडकरहित बनाउन राष्ट्रपतिले निर्देशन दिएकी छन् । वैवाहिक समारोह शीतल निवासको कोशी हलमा हुनेछ भने दाइजो र उपहार निषेध गरिएको छ।

, ,

0 comments

Write Down Your Responses