लोडसेडिङ हटाउने अभियानमा अवरोध पुर्याउने र कुलमान घिसिङ माथि हातपात गर्न खोज्ने नेपाल बिद्युत प्राधिकरणका तीन जना सञ्चालकहरुलाई सरकारले बर्खास्त गर्यो !


४ पुस, काठमाडौं । लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन जना सञ्चालकहरुलाई सरकारले बर्खास्त गरेको छ ।

सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई ऊर्जा मन्त्रालयले हटाएको हो ।

कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालकत्रय अग्रवाल, मिश्र र लामिछानेले अवरोध गरेका थिए । उनीहरुलाई मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।

स्पष्टिकरण चित्तबुझ्दो नभएको र राष्ट्रहितको काममा अवरोध पुर्‍याएको भन्दै मन्त्रालयले पदबाट बर्खास्त गरेको हो ।

,

0 comments

Write Down Your Responses