सनसनीपूर्ण खबर: युवा संघ रुपन्देही जिल्ला अध्यक्ष तिवारीमाथि गोली प्रहार, उपचारका क्रममा मृत्यु !


गोली लागेर तिवारीको मृत्यु भएको युवा संघ उपाध्यक्ष दिलु पन्तले अनलाइनखबरलाई जानकारी दिइन् । रातो पल्सर मोटरसाइकल चढेर आएका गोली चलाउने युवकले प्रहरी समक्ष आत्मसमर्पण गरेको उपाध्यक्ष पन्तले जानकारी दिइन् ।

प्रहरीका अनुसार गोली चलाएको आरोपमा मनोज राना पुनलार्इ पक्राउ गरिएकाे छ । युवा संघ उपाध्यक्ष पन्तका अनुसार अहिले युवासंघको आपतकालीन बैठक बोलाइएको छ ।

रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर फरार भएका थिए । गोली लागेर घाइते तिवारीलार्इ देवदह मेडिकल कलेजमा लगिएको थियो ।

रुपन्देही प्रहरीका एसपी रविन्द्र धानुकले घटनाकाे थप अनुसन्धान भइरहेकाे जानकारी दिए । उनका अनुसार भारतसँग जोडिएका बेलहिया लगायतका सबै नाका शील गरिएको छ ।

घटनाबारे बुझ्न पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी कमलसिंह बम पनि पोखराबाट बुटवल आउँदैछन् ।

,

0 comments

Write Down Your Responses