प्रचण्ड पुत्र प्रकाशका कारण नायिका रेखा थापाले माओवादी केन्द्र छाडेको सनसनीपूर्ण खुलासा !


काठमाडौं, २८ मंसिर । ‘लालुपाते नुह्यो भुइ‘तिर, कि लाऊ माया मैतिर…’ भन्ने चर्चित लोकगीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सग कम्मर मर्काइमर्काइ नाचेर चर्चामा आएकी अभिनेत्री रेखा थापाले माओवादी परित्याग गरेकी छिन् । आफ्नी आमास‘गै अभिनेत्री थापा राप्रपा प्रवेश गरेको समाचार बाहिर आएको छ । प्रचण्डस‘ग निकट रहेकी थापा अचानक राप्रपा प्रवेश गर्नुको कारण माओवादी पार्टी मन नपरेर भने होइन ।

प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालको हर्कतका कारण उनले माओवादी छाडेको राप्रपाका एक नेताले बताएका छन् । केटीको मामलामा एकदम कमजोर प्रकाश दाहालले निकै लामो समयदेखि थापालाई फोन गरेर ‘सेक्सुअल ह्यारेसमेन्ट’ गर्न थालेपछि थापा दिक्क मान्दै आएकी थिइन् । तर, पनि प्रकाशको बानी व्यहोरा नसुध्र्रिएपछि उनी माओवादी छाडेर राप्रपा प्रवेश गर्न बाध्य भएकी हुन् ।

चर्चित गायिकाका रुपमा चिनिएकी कोमल वली पनि राप्रपामा प्रवेश गरेर सक्रिय राजनीति जीवन बिताउन लागेकी छिन् । गत साता राप्रपा प्रवेश गरेकी उनले अन्य कलाकारहरुलाई समेत राप्रपामा प्रबेश गराउने जिम्मेवारी लिएकी छिन् ।  वली  गायिकामात्र होइनन् पत्रकार पनि हुन् । रेडियो नेपालकी उनी स्थायी कर्मचारी हुन् । सरकारी कर्मचारीहरुलाई राजनीतिक दलको सदस्यता लिन र राजनीति गर्न प्रतिबन्ध छ । तर, वलीले सरकारी जागिरमै बसेर राजनीति सुरु गरेकी छिन् ।

यदि रेडियो नेपालको व्यवस्थापनले कानुनअनुसार कदम चालेमा वलीको जागिर गुम्न सक्छ ।  हुन त नेपालमा सयौं सरकारी कर्मचारीहरु राजनीतिमा सक्रिय छन् । धेरै जसो गोप्यरुपमा सदस्यता लिएर विभिन्न पार्टीलाई सहयोग गर्दै अँएका छन् । केही सरकारी कर्मचारी भने खुलेआम सरकारी तलब खाएर पार्टीको लागि काम गर्दछन् । तर, त्यस्ता कर्मचारीहरुमाथि कारबाही नहुँदा विकृति बढ्दै गएको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

,

2 comments

Parti tyage pani prakash ko phone ta aaula ni? Ki nepalai chadne hora nayika jiu le?

Parti tyage pani prakash ko phone ta aaula ni? Ki nepalai chadne hora nayika jiu le?

Write Down Your Responses