जोरपाटी प्रहरी चौकी काण्ड: दोस्रो पटक ‘सेक्स’ गर्न खोज्दा ट्याक्सी चालक लामाको हत्या भएको खुलासा !


काठमाडौं – ट्याक्सी चालक राजकुमार लामाको हत्याको कारण ‘सेक्स’ रहेको खुलेको छ । गोकर्णेश्वरको नयाँबस्तीमा शनिबार भएको यो हत्याकाण्डको मूख्य कारण ‘सेक्स’ रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो ।

काभ्रेको घर्तिछाप–७ की २० वर्षीया माया तामाङसँग मदिराको नसामा लठ्ठ परेका लामाले दोहोर्याएर यौनसम्बन्धको प्रस्ताव राखेसँगै विवाद हुँदा माया र उनका साथीले लामाको हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

त मंसिर २५ गते राति साढे १० बजे ट्याक्सी चालक राजकुमार तामाङ तुम्बा खाए । त्यस बीचमा रेष्टुरेन्टमा एक जना युवतीसँग उनको परिचय भयो । एक छिनपछि राजकुमारले ती युवतीलाई दोहोरी जान आग्रह गरे । युवती राजी भइन् । उनीहरू दुबै रेष्टुरेन्टबाट निस्किए ।

दोहोरी साँझ जान हिँडेका माया र राजकुमार चढेको बा२ज २२३ नम्बरको ट्याक्सी खाल्डोमा फसेपछि उनीहरु त्यहाँबाट अर्को ट्याक्सी लिएर हेलम्बु रेष्टुरेन्ट नै फर्किए । उक्त रेष्टुरेन्ट संचालिका काँकु गाविस निवासी संगीता राईले चलाउँदै आएकी छिन् ।

उनीहरु रेष्टुरेन्ट फर्किदाँ बन्द भइसकेको थियो । मदिराले लठ्ठ परेका लामा र माया रेष्टुरेन्ट बन्द भएपछि रेस्टुरेन्टको अन्डग्राउन्डमा गएर सुतेका थिए । त्यतिबेलासम्म उनीहरुबीच यौनसम्पर्क भइसकेको थियो । लामाले मायासँग दोहोर्याएर यौनसम्पर्कको प्रस्ताव राखेपछि उत्पन्न विवादले हत्याको रुप लिएको हो ।

शारीरिक सम्बन्धका लागि पैसाको लेनदेनको विवादका क्रममा दोस्रो पटक यौनसम्बन्ध राख्न खोज्दा मायाले मदिराले मात्तिएका राजकुमारलाई धकेलेर भुइँमा लडाइदिएपछि उठ्न नसकेका उनीमाथि रेस्टुरेन्ट सञ्चालिका संगीता राईका भाइ मागधनले इँटाले टाउकोमा प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

इँटा प्रहारबाट घाइते भएका लामा बेहोस भएको भन्दै रेष्टुरेन्ट संचालिका राईले नै प्रहरीलाई खबर गरेकी थिइन् । तत्कालै प्रहरी पुगेर उनलाई उपचारको लागि अस्पताल पठाएको थियो । यो घटनामा प्रहरीको संलग्ना रहेको भन्दै स्थानीयबासीले नयाँबस्तीस्थित प्रहरी चौकीमा तोडफोड समेत गरेका थिए ।

प्रहरीले लामाको हत्या आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमा राजकुमारसँग यौसम्बन्ध राख्ने माया, होटल सञ्चालिका संगीता राई, उनका भाइ मागधन, अरुण माझी र दिया माझी रहेका छन् ।

, ,

0 comments

Write Down Your Responses