आजको राशिफल: वि.सं. २०७३ आश्विन १९ गते बुधबार तदनुसार ई. सं. २०१६ अक्टोबर ०५ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
विद्यार्थीका लागि सकारात्मक दिन नै रहने छ, तर प्रेमसम्बन्ध, मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ । व्यावहारिक र प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ, तर परिश्रम गर्न छाड्नु हुँदैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गरेमा सोचेजस्तै उपलब्धी लिन सकिने छ । अभिभावक, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आध्यात्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । बन्दव्यापारमा राम्रो छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धैर्यले काम लिने समय छ । काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । प्रणयसम्बन्धमा चिसोपन आउने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । साँझपख शुभ कुराको सङ्केत मिल्नेछ ।

0 comments
Write Down Your Responses