दशैको मौका छोपी तोकिएको भन्दा बढी मूल्यमा टिकट बिक्री गर्ने यसरी प्रहरीको फन्दामा !


काठमाडौँ– तोकिएको दरभन्दा बढी मूल्यमा टिकट बिक्री गर्ने एकजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही गौरीशङ्कर–४ का दिलिप परियार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–३५ कोटेश्वरमा सिन्धुली जाने टाटासुमोको टिकट ४३३ पर्नेमा रु. सात सयमा बिक्री गरिरहेको अवस्थामा प्रहरी प्रभाग कोटेश्वरले परियारलाई पक्राउ गरेको हो। रासस

,

0 comments

Write Down Your Responses