नेपालकी निर्बाचन आयुक्त इला शर्मा भारतीय पूर्व निर्बाचन आयुक्त सँग बिबाह गर्दै !
काठमाडौं–निर्वाचन आयोगकी आयुक्त इला शर्माको भारतीय पूर्व निर्वाचन आयुक्त एसवाइ कुरैसीसँग विवाह हुने भएको छ।
भारतीय पत्रिका इन्डियन एक्सप्रेस तथा टेलिग्राफले शर्मा र कुरैसी यसैहप्ता विवाह बन्धनमा बाधिन लागेको बताएका छन्।
६९ वर्षीय कुरैसी र ४९ वर्षीया शर्माको भेट सन् २०१५ मा मेक्सिकोमा आयोजित राजनीति र पैसा विषयक एक अन्तराष्ट्रिय सम्मेलनमा भएको थियो। त्यस भेटपछि एकअर्कासँग नजिएको र प्रेम सम्बन्धमा रहदै आएको समाचारमा उल्लेख छ।
इला शर्मा आफ्ना पति नवराज पौडेलको १५ वर्ष अघि माओवादी द्वन्द्वकालमा निधन भएपछि एक्लै रहँदै आएकी छन्। कैरेसी भने आफ्नो पत्रकार पत्नी हुमा कैरेसीसँग सम्बन्ध बिच्छेद गरेपछि एक्लै रहँदै आएका छन्।


0 comments
Write Down Your Responses