फेरी हेटौडामा बस दुर्घटना ३ जनाको मृत्यु दर्जनौ घाइते

असोज १६,हेटौडा : मकवानपुरको हाँडीखोला स्थित मकरीमा बस दुर्घटना भएको छ । मकरीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको बस आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।


दुर्घटनामा घाईते ५० भन्दा धेरै व्यक्तिलाई चुरे हिल अस्पताल हेटौँडामा ल्याइएको अस्पतालका डाक्टर सुन्दर श्रेष्ठले बताए । मृत्यु हुनेमा चार वर्षका प्रमिस लामिछाने तथा २५ वर्षका सुर्यबहादुर तामाङ रहेका छन् भने एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अहिले हाँडीखोलाको भूकम्पको पहिलो किस्ता सम्झौता भैरहेको बेला पहिलो किस्ता लिन र दशैं किनमेलका लागि हेटौंडा बजार आउने बिहानको पहिलो बसमा यात्रुको चाप बढी भएका कारण मकरीको ओरालोमा दुर्घटना भएको घाइते यात्रुको भनाइ छ । बसमा एक सयभन्दा बढी यात्रु रहेको बताएका छन् । घाइतेहरुको हेटौंडास्थित चुरे हिल हस्पिटल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

करिब एकसय बढि यात्रु सवार ओरालो सडकमा बस पल्टिएको मकवानपुर प्रहरी प्रमुख मिरा चौधरीले बताईन् । बसले च्यापिएका घाईतेहरुको उद्धार कार्य जारी रहेको उनले जानकारी दिईन् । अहिले हेटौँडाको चुरेहिल अस्पतालमा घाईते तथा आफन्तको भिड छ ।

बसमा १ सय ४० भन्दा बढी यात्रु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा सामान्य घाइते ५८ वर्षका काजीबाबु उप्रेतीका अनुसार बसमा भित्र र छटमा अँटाइनअँटाई यात्रु चढेका थिए । तीमध्ये ५ जनाको अवस्था गम्भीर छ । १० जना हेटौंडा जिल्ला अस्पतालमा उपचार गराइरहेका छन् ।

सामान्य घाइतेहरु भने घर डिस्चार्ज भइसकेका छन् । बस हाँडिखोलाका स्थानीय धेरै थिए । बस बिहान १० बजे हाँडिखोला- २ मा मोडमा उकालो उक्लन नसकेर दुर्घटना भएको हो ।

, ,

0 comments

Write Down Your Responses