को हुन यिनी हिन्दीलाई राष्ट्रिय भाषा बनाउन माग गर्ने कांग्रेसका संसद ? (भिडियो सहित)


काठमाडौं- नेपालको हिमाल, पहाड, तराइ र मेचीदेखि महाकालीसम्म ५० प्रतिशत नेपाली जनताले हिन्दी भाषा बोल्ने बताउँदै सत्तारुढ नेपाली कांग्रेसका एक सांसदले हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन माग गरेका छन्।

व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद देवकरण प्रसाद कलवारले ८० प्रतिशत नेपाली जनताले हिन्दी बुझ्ने भन्दै राष्ट्र भाषामा हिन्दी पनि समावेस गर्न माग गरेका हुन्। उनले सभामुख मार्फत प्रधानमन्त्री पुष्पकमल दाहालसँग हिन्दी भाषा राष्ट्र भाषाका रूपमा स्थापित गरिदिन अनुरोध गरे।

उनले प्रस्तुत गरेको तथ्यांकको श्रोतबारे केही खुलाएनन्।

नेपालको जनगणना २०६८ अनुसार नेपालभर ७७ हजार ५ सय ६९ जना मात्रै हिन्दी भाषी छन्। नेपालीपछि मैथिली नेपालमा दोस्रो ठूलो भाषा हो। त्यसपछि भोजपुरी, थारु, तामाङ र नेवारी भाषा बोलिन्छ। तराईमा नबोलिने हिन्दीलाई मधेस केन्द्रित नेताहरुले राष्ट्रभाषा माग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। हिन्दी भारतको राष्ट्र भाषा हो।

, ,

0 comments

Write Down Your Responses