देश बिदेशमा तिजको रमझम भईरहेको बेला कुवेतमा एक नेपाली चेलीको दुखद निधन !

B
कुबेत- भदौ २० , रोजगारीको सिलसिलामा कुबेतको जिलिबमा बस्दै अाएकि एक नेपाली महिलाको मृत्यु भएको छ। मृृत्यु हुनेमा ३५ बर्षिय बुटवल निवासी रमा गुरुङ रहेको जानकारी दलित एकता संजालका कोशाध्य्क्ष कृष्ण सुनारले दिएका थिए ।

प्राप्त जानकारीका अनुसार जिलिबमा बस्दै अाएका निर कुमार थापा मगर संग हाम्रो संचारले सम्पर्क गर्दा गुरुङ नासर स्पोर्टसमा सेल्समा काम गर्ने गरेको र हिजो राति १२ बजे तिर डिउटी बाट फर्किदा निवास नजिकै किराना पसलमा पानी किनेर पिउदा ढले पछी किराना पसलमा आएका इजिप्सियनको सहयोगमा उनलाई उनकै रुममा लागि एक्लै आराम गर्न छोडिएको र केहि समय पछी साथीहरु आउदा उनलाई मृत अवस्थामा पाए पछी उनका साथिहरुले तत्काल प्रहरीलाई खबर गरे पछी प्रहरीले सब बहन् लिएर उनको मृत सरिर लाइ लिएर गएको थापा मगरले जानकारी दिएका छन ।

मृतक गुरुङ कुबेतको जिलिबमा सात बर्ष देखि कार्यरत रहेको सम्म बुझिएको छ ।उनको चिनजान र नजिकको कोहि नभएकोले उनको शव छिटोभन्दा छिटो नेपाल सम्म पुर्याउन भुमिका खेल्न नेपाली राजदुतावास कुबेत र कुवेतमा क्रियाशिल नेपाली संघ संस्थालाई हाम्रो संचार डटकम मार्फत अनुरोध पनि गरेका छन्।

, ,

0 comments

Write Down Your Responses