यौन दुर्व्यवहारको आरोपमा नेपाली सेनाका कर्णेल यसरी बर्खास्त ?

काठमाडौं, १० असोज । यौन दुर्व्यवहारको आरोपमा नेपाली सेनाका महासेनानी (कर्णेल) प्रेम कुमार थापा निलम्बनमा परेका छन् । सैनिक स्रोतका अनुसार उनलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य नहुने गरि प्रधानसेनापति राजेन्द्र क्षत्रीले आइतबार बर्खास्त गरेका हुन् ।

उनी एक महिना अघिमात्रै प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका थापामाथि आफ्नै सहपाठी (प्रमुख सेनानी)को नाबालिक छोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

उनका परिवारले यो घटनालाई षड्यन्त्रपुर्वक तरिकाले फसाउन खोजेको तथा आफूलाई घर पठाई अरुलाई बढ्वा गर्न उक्त षड्यन्त्र रचिएको दाबी थापाको छ । यो घटनाबारे नेपाली सेनाले कुनै प्रतिक्रिया जनाएको छैन् ।

, ,

0 comments

Write Down Your Responses