नेपालीहरुको महान चाड दशैको टिकाको दिन नै यसरी चक्का जाम गर्ने भयो विप्लब माओबादीले !
२० भदौ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले फागुन १ गतेदेखि ७ गतेसम्म आठौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ।
उक्त महाधिवेशनको उद्घाटन काठमाडौंको खुल्लामञ्चमा गरिने भएको छ । बन्दसत्र भने रोल्पाको थवाङमा गर्ने माओवादीका प्रवक्त खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्त खड्गबहादुर विश्वकर्माले यस्तो जानकारी दिएका हुन् ।
विप्लव माओवादीले विभिन्न संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जस अन्तर्गत असोज २५ गते अर्थात विजया दशमीको दिन देशव्यापी एक घण्टा चक्काजाम गर्ने भएको छ। दशैं-तिहार पछि कात्तिक २८ गते नेपाल बन्द गर्ने विप्लव माओवादीले जनाएको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रीय समितिको ११ औं बैठकले दाल, चामल, तेल, चिनी, पिठो, दुध, तरकारी, फलफुल, मासु र मसलाको मुल्य ५० प्रतिशत घटाउन माग गरेको छ ।

0 comments
Write Down Your Responses