मधेश आन्दोलनको क्रममा बिरगंजमा मारिएको भारतीय नागरिकलाई पनि शाहीत घोषणा गर्ने तयारि !

Ashish-ram
काठमाडौं – मधेस आन्दोलनका क्रममा वीरगञ्जमा मारिएका एक भारतीय नागरिकलाई पनि सहिद घोषणा गर्ने सरकारले तयारी गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले गत नोभेम्बर २, २०१५ मा वीरगञ्जमा मारिएका भारतीय युवा आशिस रामको नामम पनि सहिदको सूचीमा समावेश गरिने जानकारी दिएका हुन् । 

आशिस विहार रक्सौलका नागरिक हुन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोध प्रदर्शनमा भाग लिने क्रममा प्रहरीले आशिसमाथि गोली प्रहार गरेको थियो । उनको घटना स्थलमा नै मृत्यु भएको थियो । टाइम्स अफ इन्डियाका अनुसार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारसमक्ष आशिसको नाम सहिदको सूचीमा समावेश गर्ने प्रस्ताव गरेका हुन् । 

सरकारले पछिल्लो क्याबिनेट बैठकबाट मधेस आन्दोलनमा मारिएकाहरुको प्रत्येकको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । जुन पहिलेनै प्रदान गरिएको भनेर विवादमा आएको छ । गृहमन्त्रीले पर्साका प्रमुख जिल्ला अधिकारीलाई आशिसको बारेमा जानकारी दिन निर्देशन दिएको दाबी गरिएको छ । 

, ,

0 comments

Write Down Your Responses