पूर्वराष्ट्रपतिलाई ६० लाख उपचार खर्च, दैनिक ३ सय डलर भत्ता, अमेरिका जान–आउन बिजनेस क्लास टिकट पनि !

पूर्वराष्ट्रपतिलाई ६० लाख उपचार खर्च,  दैनिक ३ सय डलर भत्ता, अमेरिका जान–आउन बिजनेस क्लास टिकट
काठमाडौं— पूर्वराष्ट्रपति डा.रामवरण यादबलाई अमेरिकामा थप उपचार गर्न सरकारले ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ। यो बाहेक उनलाई अमेरिका आउन जान बिजनेस क्लास टिकट, दैनिक ३ सय अमेरिकी डलर भत्ता दिने निर्णय सरकारले गरेको छ।

सरकारले पूर्वराष्ट्रपति यादबका तीन सहयोगीहरुलाई समेत सुविधा दिने निर्णय सरकारले गरेको छ। तीन जना सहयोगीलाई दैनिक १५० डलर भत्ता तथा टिकट खर्च दिने निर्णय भएको छ।
‘पूर्व राष्ट्रपति यादबलाई उपचार सुविधा दिने निर्णय मन्त्रिपरिषदले अघिल्लो हप्ता नै पारित गरिसकेको हो’, मुख्यसचिव सोमलाल सुवेदीले नागरिकन्युजसँग भने, ‘निर्णय भएर परराष्ट्र मन्त्रालय गइसकेको छ। सबै प्रबन्ध नेपालमा परराष्ट्रले मिलाउनेछ।’

अमेरिका पुगेपछिको उपचार प्रबन्ध त्यहाँस्थित नेपाली दूतावासले गर्ने मुख्यसचिव सुवेदीले बताए। पूर्वराष्ट्रपति डा। यादवलाई प्रोस्टेट क्यान्सर भएको छ। भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो।

प्रोस्टेट क्यान्सर देखिएपछि यादव शल्यक्रियाका लागि अमेरिका लैजानी तयारी भइरहेको छ। अस्पतालले क्यान्सर उपचारका लागि केही साताभित्रै (मिनिमल इनभेजिभ रेडिकल प्रोस्टाटेक्टोमी) सानो प्वाल पारेर शल्यक्रिया गर्ने आधुनिक प्रविधि गर्न सल्लाह दिएपछि पूर्व राष्ट्रपति यादव अमेरिका जान लागेका छन्।

शल्यक्रियाका लागि यादवले सुरुमै ३७ हजार अमेरिकी डलर ९करिब ३७ लाख रुपैयाँ० भन्दा बढी रकम डिपोजिट गर्नुपर्ने हुन्छ। उनको उपचारक्रममा सोभन्दा बढी खर्च लाग्ने बताइएको छ। यादवले उपचारका लागि खर्च उपलब्ध गराउन सरकारसँग आग्रह गरेका थिए।

, ,

0 comments

Write Down Your Responses