चर्चित नायिका निशा अधिकारी र दिया मास्के यसरी बनिन समलिङ्गी हेर्नुहोस (भिडियो सहित)
काठमाडौ । पर्फोमिङ आर्ट क्रियशन प्रा.लि.को अफिसियल यु–ट्युव च्यानलबाट सार्वजनिक भएको “अन्तिम प्रश्न सोध्न चाहान्छु…” बोलको गीत केही दिन यता विभिन्न टेलिभिजन च्यानलहरुबाट सार्वजनिक भै रहेको छ ।
समलिङ्गी विषयलाई लिएर बनाएको भिडियोमा नायिका निशा अधिकारी र दिया मास्केले अभिनय गरेका छन् । द ब्लाक हव्क नेपाल ब्याण्डको शब्द, संगीत, एरेन्जमेन्ट रहेको उक्त गीत “खोई मेरो देश” नामक एल्बममा समाबेस गरीएको छ ।
अब चाडै नै सबै गीतहरु तयार गरी सार्वजनिक गर्ने भए पनि सोही एल्बमको “अन्तिम प्रश्न सोध्न चाहान्छु..” बोलको गीतलाई भने अगाडी नै भिडियो गरी रिलिज गरेको बताए ।
वयभ म्यागजिन प्रोडक्शन टिमको छाँयांकन र सम्पादन रहेको भिडियोलाई राज केसीले निर्देशन गरेका हुन् । नायिका निशा अधिकारी र दिया मास्केलाई समलिङ्गीका रुपमा देखाइएको छ ।
टाढा हुदाँको केही समयमा निशाको तड्पाई, दिया विना बाच्नै नसक्ने र अन्तिममा सँगै मर्ने भिडियोमा देखिन्छ साथै समलिङ्गीहरुले गर्ने अन्य विभिन्न किसिमका क्रियाकलापलाई पनि समेटेका छन् ।
अब एल्बमको अरु गीतहरु पनि विस्तारै भिडियो निर्माण गर्दै जाने ब्याण्डका मेम्बरले बताए । पर्फोमिङ आर्ट क्रियशन प्रा.लि.मार्फत बजारमा आउने “खोई मेरो देश” नामक एल्बमले दर्शक स्रोताको मन जित्ने कुरामा कुनै दुईमत छैन ।

0 comments
Write Down Your Responses