बोक्सीको आरोपमा दिसा पिसाब ख्वाई कुटपिट गरि हत्या गरिएको स्थानीय शिक्षक हिरा लामा सहित तीनजनालाई थुनामा राख्न आदेश !


बनेपा – काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविसकी लक्ष्मी परियार मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश चेतनाथ ढकालको इजलासले हिजो थुनछेक बहसका क्रममा सो आदेश दिएको अदालतले जनाएको छ ।

सो प्रकरणमा पक्राउ परेका सूर्योदय निम्नमाध्यमिक विद्यालयका शिक्षक हिरा लामा, उनकी आमा काइली तामाङ, मृतककी श्रीमान् मिलन परियारलाई थुनामा राख्न आदेश दिइएको हो ।

गत मङसिर २० गते लक्ष्मी परियारको कुटपिटबाट मृत्यु भएको भन्दै प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुविरुद्ध विभिन्न ऐनअनुसार १८ वर्ष कैद दाबी गरिएको छ ।

, ,

0 comments

Write Down Your Responses