हल्लाको भरमा चलेको चलचित्र छक्का पन्जा प्रकरण: सुवेदी मृत्युको घटना छानविनको माग !


माघ १, २०७३- चलचित्र ‘छक्का–पञ्जा’ पाइरेसीको आरोप लागेका जिल्लाको कावासोतीका २३ वर्षीय कृष्ण सुवेदीका परिवारले घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् । घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको मृतकका परिवारको दाबी रहेको छ ।

मृतकका दाजु हरि सुवेदीकाअनुसार घटना शंकास्पद देखिएकोले आत्महत्या नभै हत्या भएको छ । ‘भाइले घाँटीमा लगाएको सुनको सिक्री समेत छैन, अनि कोठाको ढोका समेत खुल्ला र सुसाईट नोटमा स्पगष्ट लेखिएको छ’ सुवेदीले भने । सुसाईट नोटमा समेत भाइको नै अक्षर भएकाले बारम्बार मानसिक तनाव, धम्कीको कारण यस्तो दुखद घटना घटेको उनको भनाइ छ ।

अध्ययनमा सधै अब्बल मृतक सुवेदी आइतबारबाट धुलिखेल अस्पतालमा आबद्ध हुनका लागि नियुक्ति पत्र लिने भन्दै बिहीबार काठमाडौं गएका थिए । काठमाडौंको सिनामंगलमा जिल्लाको गैंडाकोटका एक साथीसँगै बस्दै आएका सुवेदी सोमबार कावासोती आएर परिवारसँग सल्लाह गरेरै बिहीबार काठमाडौं गएकै दिन यस्तो घटना घटेको हो । दिउँसो २ बजे दाजुसँग फोन सम्पर्क भएको थियो । घटनाबारे थाहा पाएपछि भाइको नम्बरमा पटक पटक फोन गर्दा प्रहरीले फोन उठाएर घटनाबारे जानकारी गराएको पारिवारीक स्रोतले बताएको छ ।

तस्बिर : मृतक कृष्ण सुवेदीको फेसबुकबाट



, ,

0 comments

Write Down Your Responses