स्कुटरवाली ठगः अर्काको घर–जग्गा देखाएर १ करोड ६४ लाख ठगी !


काठमाडौं – आफुलाई ‘रियलस्टेटको कारोबारी’ र ‘बिजनेश म्यान’को रुपमा चिनाएर १ करोड ६४ लाखभन्दा बढी ठगी गरेकी रमिता तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–४ लाजिम्पाट स्थायी घर भएर ललितपुरको टंगालमा डेरा गरी बस्ने ३३ बर्षिया तुलाधरले ‘आफु कराडौं ब्यापार ब्यवसाय गर्ने ब्यापारी हुनुका साथै घर–जग्गा सम्वन्धी कारोवार समेत गर्ने गरेको छु’ भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर ठग्दै आएकी थिईन् ।

स्कुटर हाँकेर अर्काको जग्गा तथा घर देखाएर बैना लिएपछि फरार हुँदै आएकी तुलाधरले हालसम्म १ करोड ६४ लाख ५० हजार ठगी गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डिएसपी) ईश्वर कार्किले जानकारी दिए ।

ठुलो कारोवारीको धक्कु लगाएर गफलत बोली, जाल, परिपञ्च रचेर ठग्दै आएकी तुलाधरलाई आईतरबार नियन्त्रणमा लिएर ठगी मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

,

0 comments

Write Down Your Responses