बिदेशमा बसेर भिडियो स्क्रिन सट गरि प्रचण्डको फोटो बनाउने गिरोहहरुको पहिचान ! तत्काल देश निकाला गराउने तयारी !
| तस्बिर दियो पोस्ट बाट साभार |
माघ ७ – युएईको औपचारिक भ्रमणका समयमा खिचिएको भिडियोबाट ‘स्क्रिन सट’ गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर गलत रुपमा प्रचार गर्नेहरुलाई कारबाही गरिने भएको छ ।
तस्बिर बनाएर सामाजिक सञ्जालमा गलत रुपमा गरिएको प्रचारप्रति युएईस्थित नेपाली दूतावासले खेदसमेत व्यक्त गरेको छ । गलत ढंगले तस्बिर बनाएर सामाजिक सञ्जालमा लगाउनेहरुको पहिचान भएको र उनीहरुलाई युएईको सम्बन्धित निकायसँग समन्वय गरेर कारबाही गर्ने तयारी भइरहेको कार्यवाहक राजदुत नेत्र बहादुर टन्डनले बताउनु भयो ।
नेपाली राजदूतावासले शुक्रबार रसअलखेमामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै राजदूत टण्डनले थप अनुसन्धान भइरहेको पनि बताउनुभयो । ‘गल्ती गर्नेलाई कानुन अनुसार कारबाही हुन्छ । उनीहरुलाई डिपोर्ट पनि गर्नुपर्ने हुनसक्छ ।’ राजदूत टण्डनले भन्नुभयो ।
हेर्नुहोस भिडियो सहित
हेर्नुहोस भिडियो सहित

0 comments
Write Down Your Responses