चर्चित सुन्दरी नायिका केकी अधिकारीलाई एसिड छ्याप्ने धम्की !


काठमाडौं । केही समय अघि कसैको माया स्वीकार नगर्दैमा एसिड छ्याप्ने जस्तो जघन्य अपराध गर्न नपाईने आशयको लेख लेखेर चर्चामा आएकी थिईन्–अभिनेत्री केकी अधिकारी । त्यसो त बौद्धिक अभिनेत्रीमा पर्ने केकी अहिले पनि बेला बेलामा विभिन्न विषयका लेखहरु लेखेर प्रकाशन गरिरहन्छिन् । 

बुधवार प्रकाशित गज्जबको ट्याबोलाइड म्यागजिनसँग आफ्ना थरिथरिका फ्यानहरुका बारेमा कुरा गर्दै केकीले एउटा फ्यानले आफूले लेखेको लेखप्रति असहमति जनाउँदै आफूलाई एसिड छ्याप्ने धम्की दिएको खुलासा गरेकी छिन् । ती फ्यानले कसैको मायाको भावना नबुझ्दा यस्तै कुराहरुको सामना गर्नुपर्छ । यो मामिलामा तिमी पनि पर्न सक्छ्यौ,हासियार ! भनेर चेतावनी समेत दिएको केकीले बताइन् । साथै ती फ्यानले आफू शुटिङ स्थलमै आउनसक्ने भन्दै होशियार रहन धम्की दिएको केकीले सुनाइन् । यस्तो धम्कीपछि आफू केही चिन्तित बनेको उनको भनाइ छ । 

उक्त कुराकानीमा केकीले रगतले चिठ्ठी लेख्ने महेशदेखि आफ्नो नयाँ कुरा आउने बित्तिकै फेसबुकमा शेयर गर्ने,आफूसँग भेट्न सास्ती खेप्ने दार्जिङ्किा फ्यान,आलु उसिनेर दिनेसम्मका फ्यानबारे चर्चा गरेकी छिन् । केही फ्यानहरु त फेसबुकमा जवाफ नदिदा रिसाएर हैरान पार्ने खालको समेत रहेको उनी बताउँछिन् । अविवाहित केकीलाई विवाहको प्रस्ताव गर्ने फ्यानको त अझ के कमी हुन्थ्यो र ? त्यस्तो फ्यानमध्ये केही त विवाहित समेत रहेको उनले खुलाएकी छिन् । 

केही फ्यानहरुले भने आफूलाई सधैं मोटिभेट गर्ने गरेको केकीले बताइन् । आफ्ना फ्यानहरुकै कारण आफू यो स्थितिसम्म आइपुगेको स्वीकार्दै केकीले समयले सम्भव बभएसम्म आफूले केही फ्यानहरुसँग प्रत्यक्ष भेटघाट नै गर्ने गरेको समेत खुलाइन्– 'उहाँहरुसँग भेटेपछि बोल्न गाह्रो मान्दिनँ । उहाँहरुसँग खुलेर कुराकानी गर्छु । उहाँहरुका जिज्ञासा मेटाउने सकभर कोशिस गर्छु । उहाँहरुसँग भेटेपछि म आफैंलाई पनि मुड फ्रेश भएको महसूस हुन्छ ।'  

, ,

0 comments

Write Down Your Responses