एक जना युवा जसले दिल्लीको जुठाभाँडादेखि जापानमा रेष्टुरेण्ट मालिकसम्मको यात्रा गरे !


एक दशक अघिको त्यो टिठ लाग्दो अवस्था र अहिले लोभ लाग्दो कथाका पात्र हुन्, गुल्मीको आँपचौर ७ का ३४ वर्षिय युवा चेतन अर्याल । जसले अहिले जापानमा रेष्टुरेन्ट व्यवसाय गरेर मनग्य आम्दानी गरेका छन् ।

दिल्ली , कतार हुँदै १० वर्ष अघि जापान पुगेका अर्यालले ५ वर्ष सम्म त्यहाँ अरुको मजदुरी गरेको पैसाले नेपाली रेष्टुरेण्ट खोलेका हुन् । अहिले दोहरी साँझ सहित जापानमा उनका ३ वटा रेष्टुरेण्ट रहेका छन् ।

उनि हिजोको अवस्था र अहिलेको सफलतालाई सपना जस्तै ठान्छन् । भावुक हुँदै उनि भन्छन्–‘ दिल्लीमा जुठा भाँडा माझ्दा खुईलिएका हात र कुहिन लागेका खुट्टा सम्झीदा कहिले काँही गह भरिन्छ । ’ जापानमा रेष्टुरेण्ट सञ्चालकका रुपमा मात्र परिचीत नभई प्रवासी नेपालीहरु विच समाज सेवीका रुपमा समेत परिचीत अर्यालले जिल्लामा उपचार खर्च नपाई जिवन मरणको दोसाँधमा पुगेका दर्जनौं मानिसहरुलाई नवजिवन दिएका छन् ।

केहि महिना अघि गुल्मीकै बडागाउँमा आगो लागी हुँदा उनले सहयोग संकलनको अगुवाई गरे । उनि सहित जापानमा वस्ने आँपचौरवासीले त्यहाँका अग्नी पिडितहरुलाई १३ लाख भन्दा बढि रकम सहयोग गरे । जापान वसाईको दश वर्षमा उनले सहयोग गरेका व्यक्ति, स्थान र रकमको कुनै लोखाजोखा छैन् ।
हालै नेपाल आएका उनी भन्छन्– खै लेखेर त राखिएन , तर त्यस्तै करोडको हाराहारीमा समाज सेवामा खर्च गरियो होला । ’

अर्याल समाज जापानका अध्यक्ष समेत रहेका अर्यालले वेला वेलामा नेपाली कलाकार जापानमा निम्ताएर प्रवासी नेपालीहरुलाई मनोरञ्जन दिने र त्यसबाट उठेको रकमले स्वदेशमा परेको विपद्लाई सघाउ पुराउने कार्य पनि गरेका छन् । भुकम्पको बेला पनि उनि सहित जापानमा वस्ने आँपचौरका युवाहरुबाट ठुलो सहयोग भएको थियो । नेपालबाट कलाकार देखि नेता सम्म जापान पुग्ने नेपालीहरु विच सवै भन्दा बढि उनको दुर्गा नामक रेष्टुरेण्ट चर्चित रहेको छ ।

,

0 comments

Write Down Your Responses