उपराष्ट्रपतिको छोरा हुँ भन्दै यसरी चन्दा उठाए पछि ...............!


काठमाडौं– ‘उप–राष्ट्रपती नन्दबहादुर पुन को छोरा हुँ, कार्यक्रमका लागी सहयोग चाहियो’ भन्दै चन्दा असुल्ने सिन्धुपाल्चोक राम्चे–५ का रोशन सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । आफुलाई ‘कमल’ उपनामले चिनाउँदै आएका सुवेदी भक्तपुरको कमलविनायकमा बसेर ठगी धन्दा सञ्चालन गर्दै आएका थिए ।

मंसिर ५ गते पहिलोपटक पक्राउ गरेर कारवाही गरिएपनी उनले उप–राष्ट्रपतीको छोराको आवरणमा ठगी धन्दा नछाडेको फेला परेपछि बुधवार दोस्रो पटक उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
सुवेदीले ९८६१६९८८१२ नम्बरको मोवाइल प्रयोग गरेर राजस्व अनुसन्धान विभाग देखी परराष्ट्र मन्त्रालय सम्म चन्दा अतंक मच्चाएका थिए ।

सरकारी तथा गैरसकारी कार्यालयहरुमा कार्यक्रमको लागी रकम चाहियो भनी जबर्जस्ती चन्दा असुल्न पल्केका सुवेदीले नेपाल टेलिकमको १९७ नम्बरमा टेलिफोन गरेर सम्वन्धीत कार्यालयको फोन नम्बर संकलन गरी नेकपा माओवादीको कार्यक्रमको लागी दश देखी पन्ध्र हजार रुपैयाँ सहयोग गर्नुपर्यो भनी फोन गर्ने गरेका थिए ।

अन्तिम पटक न्युरोड स्थित ल्याण्डलाईनबाट हुलाक सेवा विभाग डिल्लीबजारमा फोन गरेर उनले १० हजार मागेको अपराध महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार उनले राजस्व अनुसन्धान विभाग, औषधी ब्यवस्था विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, नापी विभाग, केन्द्रिय पञ्जिकरण विभाग, परराष्ट्र मन्त्रालय, हुलाक सेवा विभाग डिल्लीबजार, अध्यात्मीक समाज नयाँ बानेश्वर, जल उत्पन्न प्रकोप न्युनिकरण विभाग र नेपाल विज्ञान तथा प्रविधी प्रतिष्ठान खुमलटारमा चन्दा आतंक मच्चाएका थिए ।

,

0 comments

Write Down Your Responses