गुल्मी रेसुङ्गा वहुमुखी क्याम्पसमा एक युवतीले बिना बुबाकी बच्चा यसरी जन्माईन !


गुल्मी– रेसुङ्गा वहुमुखी क्याम्पसकी एक विद्यार्थीले जिल्ला अस्पताल गुल्मीका छोरी जन्माएकी छिन् । अविवाहित अवस्था मै उनी कुमारी आमा बनिन् ।

गुल्मीकै नयाँगाउँ घर बताउने १९ वर्षिया रमिता मल्ल नाम परिवर्तनले रेसुङ्गा वहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्यानरत रहेको बताईन् ।

आइतवार विहान करिव ५ वजेको बच्चा जन्मिएकी हुन् । सुत्केरीको हेर विचारका लागि महिला नेत्री विष्णु कुमारी सापाकोटा, निर्मला केसी, निर्मला पोखरेल र महिला तथा वालवालिका कार्यालयकी कर्मचारी ईन्दिरा थापा अस्पतालमा क्रियाशिल छन् । जन्मिएकी सन्तानको स्वास्थ ठीक छ ।

केहि वर्ष अघि यसरी नै शिशु जन्मेरी न्वारन गर्ने वावु नभए पछि उनै विष्णुकुमारी सापकोटाले न्वारन गरेकी थिईन ।

अहिले पनि त्यस्तै भयो नि ? सापकोटाले हाँस्दै भनिन् ‘भयो, पहिला जस्तै होला । बाबु पत्ता लगागे न्वारन हुन्छ ।

सुत्केरी युवतीले गुल्मीको पुर्कोटदह घर भएका कार्की थरका युवासँगको सम्बन्धपछि बच्चा जन्मिएको बताएकी छिन् । ती युवा डोजर चालक भएको पनि युवतीको भनाई छ ।

ती युवती जुन घरमा बस्थिन, तथा वालवालिका कार्यालयकी कर्मचारी ईन्दिरा थापा पनि सोही घरमै डेरामा बस्थिन । यहीकारण उनीले युवतीलाई अस्वतालसम्म पुराइन् ।

युवतीले आफु गर्भवती भएको कुरा घरमा लुकाइन् । गत भदौमा ती युवालाई जानकारी गराएको भएपनि त्यसपछि युवा वेपत्ता भएको उनले बताइन् ।

, ,

0 comments

Write Down Your Responses