को हुन यिनी जहाजमै चुरोट पिएर बितण्ड मचाउने नेपाली कलाकार ? झन्डै थुनिएन दुबई जेलमा !
सालिकराम दुलाल
हरेक वर्षझैं यसवर्ष नवौं नेफ्टा अवार्ड विदेशमा आयोजना गरियो । यस बर्ष दुबईमा हुने भएकोले चार महिनादेखि तयारी गरिरहेका थियौं । यसबीचमा एक महिना अगाडि नेफ्टा केन्द्रीय कार्यसमितिले महासचिव सुरज आचार्यलाई अवार्ड समारोहमा सहभागी हुने कलाकारको पासपोर्ट संकलनको जिम्मेवारी दिएको थियो । तर, उहाँले जो भेटियो, उसैको पासपोर्ट माग्दै अवार्डमा सहभागी गराइदिन्छु भन्दै करिब दुई सय पासपोर्ट संकलन गर्नुभयो । जबकी केन्द्रीय समितिले १०१ को नामसहित पासपार्ट संकलन गर्न भनेको थियो । उहाँले सूचीमा नामै नभएका व्यक्तिको पनि पासपोर्ट संकलन गर्नुभयो । महासचिवले केन्द्रीय सदस्यकै नाम हटाएर लिस्टमै नाम नभएका व्यक्तिको पासपोर्ट बुझाउन खोज्दा केन्द्रीय समितिले लिएन् । उहाँले लिस्टमा नभएका व्यक्तिका पासपोर्ट ल्याएपछि वास्तविक व्यक्तिको पासपोर्ट संकलन गर्ने काम हामीले गर्यौं । यहीबाट महासचिव र केन्द्रीय समितिबीच विवाद सुरु भयो । त्यसपछि उहाँ मदिरा सेवन गरी संस्थाका गोप्य निर्णयहरु सुटिङ स्पोटमा गएर बाहिरका मान्छेलाई भन्दै होहल्ला गर्ने र आफ्नै संस्थाको आलोचना गर्दै हिड्नुभयो ।
अझ सबैभन्दा लाजमर्दो कुरा त दुबई प्रस्थान गर्ने दिन (पुस ७) त उहाँ मदिरा सेवन गरेर एयरपोर्टमा पनि होहल्ला गर्दै हुनुहुन्थ्यो । र, विमानभित्र चढिसकेपछि आकाशमा उडिरहेका बेला होहल्ला गर्दै धुम्रपान (चुरोट) सेवन गर्नुभयो । जबकी विश्वमा कँही पनि विमानभित्र चुरोट–लाइटरजस्ता सामग्री प्रयोग गर्न पाइँदैन् । यस्तो प्रतिबन्धित गतिविधि गरेपछि विमानका कर्मचारीले उहाँको पासपोर्ट जफत गरेका थिए । त्यसपछि नेफ्टा अवार्डमा हिँडेका अन्य सदस्यहरुले विमान कर्मचारीसँग विनम्र अनुरोध गरेपछि दुबई एयरपोर्टमा अवतरण भएपछि पासपोर्ट फिर्ता पाइएको थियो । नेपाली कलाकारहरु ठूलो बेइज्जत हुनबाट रोकियो । झण्डै दुबई प्रहरीले पक्राउ गरेर थुनेन् । जहाजभित्र चुरोट पिएमा जेल सजाय र हदैसम्मको कारबाही हुन्छ । नेपाली कलाकारको अनुनय विनयले ‘नाक’ जोगियो ।
अवार्ड समारोह हुनुभन्दा पहिला नेफ्टा केन्द्रीय समितिको बैठक बस्यो । बैठकमा महासचिवले आफैले माइन्युट लेख्दै हामीलाई हस्ताक्षर गराउनुभयो । त्यसपछि अवार्ड समारोह सम्पन्न भयो ।
अवार्ड समारोहमा विमानमा चुरोट र मदिरा सेवन गरी होहल्ला गरेको कुरा सम्पूर्ण सहभागीहरुमाझ फैलिसकेको थियो । त्यसपछि हामीले अध्यक्ष पुष्कर लामालाई महासचिवको क्रियाकलापबारे जानकारी गरायौं । र, उहाँले अहिले विवाद नगरौं यसबारे नेपाल फर्केपछि जे गर्नुपर्छ गरौँला, भन्नुभयो । यतिबेलासम्म सम्पूर्ण सदस्यहरुको आशय उहाँलाई हटाउने थियो । त्यो बुझेर महासचिवले नेपाल फर्किएलगत्तै राजीनामाका लागि निवेदन दिनुभयो । त्यो अझै स्वीकृत भइसकेको छैन् । अध्यक्षज्यू दुबईमै हुनुहुन्छ । उहाँ आएपछि कारवाही प्रक्रिया अगाडि बढ्ला ।
तर, उहाँले राजीनामा दिएपछि गलत सन्देश संचारमाध्यममा प्रवाह गरिरहनुभएको छ । उहाँले संगठनमाथि जुन आरोप लगाउनुभएको छ त्यो एकदमै कपोलकल्पित, झुटो र आफू पानीमाथिको ओभानो बन्न खोजेको जस्तो देखिन्छ । उहाँले अवार्ड मनोमानी ढंगले वितरण गर्यो भन्ने आरोप लगाउनुभएको छ । तर, अवार्डमा मनोनयन गर्ने जिम्मा जुरीको हो, कार्यसमितिको होइन् । कुन कुन विधामा को कोलाई अवार्ड दिने भन्ने जिम्मा जुरीहरुलाई नै दिइएको थियो र त्यसमा नेफ्टाले कुनैपनि दबाब र प्रभाव दिएको छैन् । जुरीको जस्तोसुकै निर्णय पनि मान्न तयार छौं भन्ने माइन्युटमा पनि उहाँले हस्तक्षर गर्नुभएको छ । जुन नेफ्टा कार्यसमितिले ‘पपुलर अवार्ड’ दियो त्यसमा उहाँको पनि सहमति थियो । हस्ताक्षरै गर्नुभएको छ । उहाँकै सहमतिमा प्रदान गरिएको अवार्ड कसरी मनोमानी भयो ? हामीले बुझ्न सकेका छैनौं ।
कमसेकम आफू बदनाम भएको दोष ढाक्न सम्पूर्ण कलाकारिता क्षेत्रलाई बदनाम नगरियोस् । नेपाली दर्शकको मन जितिरहेको हाम्रो फिल्मी क्षेत्र यस्तै हर्कतले फेरि बदनामको शिकार नबनोस् ।
लेखकः नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) का केन्द्रीय सदस्य हुन् ।


0 comments
Write Down Your Responses