एका बिहानै काठमाडौँमा गुण्डा र प्रहरी बीच दोहोरो गोली हानाहान तर गुण्डा नियन्त्रण गर्न अशफल !

Image result for nepal police
काठमाडौंको चन्द्रगिरी-१ चिहान डाँडामा अज्ञात समूह र प्रहरीबीच आज बिहान गोली हानाहान भएको छ। चन्द्रगिरी नगरपालिका-१ स्थित मातातीर्थ क्षेत्रमा चेकजाँचका क्रममा गोली हानाहान भएको एसपी प्रद्युम्न कार्कीले जानकारी दिए।

उनका अनुसार टाटासुमोमा चेकजाँच गर्न खोज्दा उनीहरुले प्रहरीमाथि दुई राउन्ड गोली फायर गरेका थिए। प्रहरीले जवाफी फायरिङ गर्दा टाटासुमोमा सवार चार जना फरार भएको कार्कीले बताए।

उनीहरुले ना१ज ३९४८ नम्बरको टाटासुमो छाडेर भागेको प्रहरी जनाएको छ। उक्त टाटासुमो अहिले प्रहरी नियन्त्रणमा छ।

गाडीबाट एउटा सेफ बरामद भएको एसपी कार्कीले बताए। 'फरार रहेको स्थानमा हामीले सर्च गरिरहेका छौं। जंगल क्षेत्र रहेकाले कता भागेको एकीन गर्न सकेको छैन,' एसपी कार्कीले भने।

, ,

0 comments

Write Down Your Responses