जय स्वाभिमान भन्दै देशको अटुट मायाको खुबै चर्चा गर्ने पत्रकार प्रेम बानिया सपरिवार सहित अमेरिका भासिए !

१२,असोज,काठमाण्डौं । नेपालका टेलिभिजनमा खरो प्रस्तोताको रुपमा चर्चीत पत्रकार प्रेम बानियाले नेपाल छाडेका छन् । १ दशक लामो टेलिभिजन पत्रकारीतामा सक्रिय बानिया सपरिवार अमेरीका प्रस्थान गरेका हुन् ।  अब उनी नेपाली टेलिभिजनमा सायदै देखिने छन् ।  

बानियाले न्युज २४ टेलिभिजनमा पावर न्युज र जय स्वाभिमान नामक कार्यक्रम चलाउदै आएका थिए । उनले जय स्वाभिमानमा देशको अटुट मायाको खुबै चर्चा गर्थे । तर उनैले देश छाडेर गएपछि सबै अच्चम्मीत परेका छन् । नेपालमा पछिल्लो समय नाम कहलीएका युवा पत्रकारहरु पेशामा लामो समय टिक्न सकिरहेका छैनन् । 
मिडियाका सञ्चालकहरु कमाउने र कर्मचारीले तलव समेत नपाउने कयौ उदाहरण नेपालका टेलिभिजनमा विद्यमान छ । 

, ,

0 comments

Write Down Your Responses