यी हुन अविनास तर यिनी मोनिका बनेर फेशबुकको मध्यमबाट सयौ युवाहरुलाई यसरी ठगे ! कतै तपाई पनि त ठग्नु भएन ?

काठमाडौं । सूचना प्रविधिको तीब्र विकाससँगै विश्व एउटा गाउँ भएको छ । इमेल, इन्टरनेटको प्रयोगले संसारभरका मानिससँग स‌ंवाद गर्न सहज भएको छ । त्यसभन्दा अझ अगाडि बढ्दा सामाजिक सञ्जालले विश्वलाई एउटा घर जस्तो बनाइदिएको छ । 

फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालले स‌ंसारका मानिसबीच परिचय गराउन मद्दत गरेको छ । सामाजिक सञ्जालले नेपाल होस या भारत या अमेरिका जहाँसुकैका मानिससँग सजिलै भेटाउन सघाइरहेको छ । 

तर यही सामाजिक सञ्जाल केहीका लागि अपारध गर्ने थलो पनि भएको छ । सामाजिक सञ्जालको दुरुपयोगले मानिसमा चिन्ता पनि बढाइरहेको छ । 

सामाजिक सञ्जालको दुरुपयोग गर्दै मानिसलाई ठगेका घटना धेरै बाहिरिएका छन् । तर, नेपालसँगै सीमाना जोडिएको बिहारको पटनामा एउटा रोचक घटना भएको छ । 

नेपाली सीमानजिकैको बिहारस्थित पटना सहरमा फेसबुकको प्रयोग गरेर ठगी गर्ने एकजना अनौठा पुरुष भेटिएका छन् । तपाईंले प्रविधिको विकाससँगै लिङ्ग परिवर्तन गरिएको त सुन्नु भएको होला ।

यो त भयो चिकित्सीय प्रविधिबाट लिङ्ग परिवर्तन गर्ने कुरा । तर यी पुरुष आफ्नो कलाले दुरुस्तै महिला बनेर फेसबुकबाट ठगी गरेको अभियोगमा समातिएका छन् 

पटनामा अविनाश नाममा एक युवा थिए, जो आफ्नो स्वरुपमा बदलेर दुरुस्तै महिला हुन सक्थे। तर यो जादु थिएन न त एक्स म्यानको मिस्टेक थियो । केबल एैनाको सामुन्ने उभिएर साडी लगायो, लिपस्टिक लगायो, टीका लगायो अनि युवती बन्यो । यसै स्वरुपमा उनले अपराध गर्थे । 

पुलिसलाई उनको फोटो र गोप्य विवरण प्राप्त भएको थियो । पुलिसले पुरुषले महिलाको रुप धारण गरेर आफ्नो धन्दा चलाएको पत्ता लागेको थियो । पुलिसले खोजी गर्दा यो पत्ता लागेको हो । 

अविनाश, मोनिका बनेर रक्सीको तस्करी गर्थे । नक्कली फेसबुक एकाउन्ट पनि खोलेका थिए । आधार कार्ड र सर्टिफिकेट पनि बनाएका थिए । साथ साथै शहरमा कयौं किसिमका अवैध धन्दा पनि चलाउँथे ।

पटनाको सुल्तानगञ्ज पुलिसले पटनाको एसएसपी मनु महाराजले भनेपछि यसै शुक्रबा छापा मारेका थिए । महेन्द्रूको रानीघाटमा उनको कार्यालय थियो । पुलिसले छापा मारेर अविनाशलाई पनि गिरफ्तार गरेको छ। 

कार्यालयबाट पाँच बोत्तर मदिरा । १० हजार रुपैयाँ नगद, एक कम्प्यूटर, एक कलर प्रिन्टर भेटिएको थियो । कयौं अधिकारको छाप पनि बरामद भएको छ। कम्प्यूटरमा पासवर्ड हालिएको थियो । पुलिस त्यसको अनुसन्धानमा लागेको छ। 

अर्को रोचक कुरा के हो भने पुलिसलाई अविनाशको मोबाइल र कार्यालयबाट केही तस्बिर पनि मिलेको छ। जुन फोटोमा अविनाश साडी, सलवार-सुट पहिरिएर युवती बनेका थिए । 

यो काममा उनी तीन वर्षअघिदेखि लागेका थिए । उनले नक्कली सरकारी सर्टिफिकेट पनि बनाउँथे । उनी यो धन्दाका क्रममा ५ सय रुपैयाँदेखि २० हजार रुपैयाँसम्म लिन्थे । 

उनीसँग कस्टमर म्याट्रिक, इन्टर, बीए, डिप्लोमा, बीएडका सर्टिफिकेट पनि थिए । उनीबाट बिहारका विश्वविद्यलायका विद्यार्थीले पनि फाइदा लिन्थे। विदेशमा नोकरी गर्न इच्छुक उनीसँग दुःख बिसाउन आउँथे । उनको पहुँच राजधानी दिल्लीसम्म थियो ।

अविनाशलाई मोनिका बन्ने बिचार तिरुपति बालाजी घुम्न जाँदा आएको थियो । जहाँ युवाहरु युवती बनेर पूजा गरिरहेका थिए । त्यही कुरा देखेर अविनाशले मोनिकाको रुप धारण गरे । 

यसका अलावा उनी सामाजिक सेवाको नाटक पनि गर्थे । त्यसका लागि उनले सामाजिक सञ्जालमा नक्कली प्रोफाइल पनि बनाएका थिए । उनले मोनिका कुमारीको नाममा मानिसलाई आफ्नो जालमा पर्थे। उनको मोबाइलबाट कयौं समलैङ्गिक नाङ्गा भिडियो पनि भेटिएको थियो । 

अविनाशका तीन भाइ रहेका छन् । तर उनीहरु सबै अविवाहित हुन् । यो तथ्यको उनको ठगीसँग कुनै सम्बन्ध छैन । तीन वर्षअघि उनी घरबाट वेपत्ता भएका थिए । जब उनी घर फर्किए उनको स्वरुप नै बद्लिएको थियो । तबदेखि उनले मोनिका कुमारीको रुपमा ठगी धन्दा चलाएका थिए । 

, ,

0 comments

Write Down Your Responses