आमालाई पनि नछाड्ने पापी कुपुत्रलाई तपाइँ के भन्न चाहनु हुन्छ कृपया छोटो प्रतिक्रिया दिनु होस !

NP_20150826_RLRAPE_979715
काठमाडौं – आमालाई भगवानको दोस्रो रुप मानिन्छ । संसार देखाउने आमा सबैका लागि पूजनीय हुन्छन् भने छोराछोरी आमाका लागि सबैभन्दा प्रिय । 

अझ मृत्यु सँस्कारका लागि एउटा भए पनि छोरा चाहिन्छ भन्ने पूरानो नेपाली मान्यता छ । तर, सबै आमाहरुले सोचें जस्तै छोरा छोरी नहुन सक्छन् ।

यस्तै कुपुत्रको शिकार बनेकी  छन्  इलामकी एक वृद्ध आमा । इलामकी एक ६८ वर्षीया आमा मर्दाखेरी किरिया गर्ने आफ्नै छोराबाट बलात्कृत भएकी छन् ।

आफ्नै आमालाई बलात्कार गरेको आरोपमा इलाम प्रहरीले एक ४८ वर्षीय बादल (परिवर्तित नाम) भनिने व्यक्तिलाई पक्राउ गरेको  छ ।

मंगलबार ती आमाले प्रहरीमा दिएको उजुरीको आधारमा ४८ वर्षीय छोरालाई पक्राउ गरिएको हो । प्रहरीमा दिइएको आमाको उजुरीमा गत असोज २ गते आफूलाई छोराले बलात्कार गरेको उल्लेख छ ।

पक्राउ गरिएका व्यक्तिले मदिरा खाएको बेला आफूले के गरें भन्ने थाहा नभएको प्रारम्भिक बयान दिएको प्रहरीको भनाइ छ ।

उनीविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।


, ,

0 comments

Write Down Your Responses